मुख्य समाचार

तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाइदै

मच्छेदेबी गुरुङ अमेरिका ।  गुरुङ, तमु सोसाइटी अमेरिकाले, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाउँदै छ । तमु सोसाइटी अमेरिकाले बार्षिक रुपमा मनाउँदै आएको ल्होछार साँझ यस बर्ष डिसेम्बर २८ तारिख फाइव स्टार बेंकेट हल लंगआईल्याण्ड सिटीमा मनाउन....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्क असुरक्षित बन्दै : हत्या, डकैतीका घटनामा बृद्धि

दूरबिन नेपाल, न्युयोर्क आप्रवासीहरुको लागि उपयुक्त मानिएको न्युयोर्कमा अपराधका घटनामा बृद्धि भएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्ष २०१८ को तुलनामा चालु बर्षमा हत्या डकैती तथा आक्रमणका घटनामा चिन्ताजनक बृद्धि देखिएको छ । न्युयोर्क प्रहरीका नवनियुक्त कमीसनर डर्मोट शीयाले....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युजर्सीमा गोली हानाहान प्रहरी सहित ६ जनाको मृत्यु

  जाङबु शेर्पा, दूरबिन नेपाल अमेरिकाको न्युजर्सी राज्यमा प्रहरीसंगको गोलीहानाहानमा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्रहरी अधिकृत समेत रहेका छन । गोली हानाहान लागु औषध कारोबारी र प्रहरीका विचमा भएको हो र सो घटनामा तीन जना सर्वसाधारणपनि रहेको समाचारमा जनाइएको छ । मृत्यु हुने प्रहरीको कांधमा....
पुरा पढ्नुहोस »

चार नयाँ परियोजनालाई एडिबीद्वारा रु ४० अर्ब ४५ करोड ऋण

काठमाडौँ, २४ मङ्सिर : एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।   बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि....
पुरा पढ्नुहोस »

घुस खाने सिडियोलाई निलम्बन गर्न अख्तियारको पत्र

  काठमाडौँ, २४ मङ्सिर : सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।   नेपाल सरकारका उपसचिवसमेत रहनु भएका रिजालले आफ्नो....
पुरा पढ्नुहोस »

१३ ‌औं साग : पुरुष फुटबलको स्वर्ण नेपाललाई, भुटान २-१ ले पराजित 

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । दशरथ रंगशालमामा केही समय अगाडि सम्पन्न फाइनलमा भुटानलाई २-१ गोलले हराउदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालले १२ औं सागमा पनि पुरुष फुटबलको स्वर्ण जित्न सफल भएको थियो ।   घरेलु मैदानमा नेपालले १७ औं मिनेटमा....
पुरा पढ्नुहोस »

न्युयोर्कमा दूई नेपाली माथि छुरा प्रहार

दूरबिन संवाददाता अमेरिका । न्युयोर्कमा दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ । धेरै नेपालीहरुको बसोबास रहेको ज्याक्सन हाइटमा सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोकका नवाङ पासाङ लामा माथि छुरा प्रहार भएको हो । उपचारार्थ न्यूयोर्कको एलमस्ट अस्पतालमा रहेका उनिहरु माथि भएको आक्रमणको बिस्तृत....
पुरा पढ्नुहोस »

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

काठमाडौँ, २३ मङ्सिर भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा आज....
पुरा पढ्नुहोस »

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै

काठमाडौँ, २३ मङ्सिर तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले  ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ । भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र....
पुरा पढ्नुहोस »

अमेरिकामा गुन्जिए “नारायण गोपालहरू”

दिवाकर बागचन्द   अमेरिका । न्यूयोर्क मेरा लागि गाउँ नै हो । यहाँ गाउँमा झै हल्ला चल्छ, कुरा काट्ने गरिन्छ र स्नेह पनि बाँडिन्छ । डिसेम्वर महिना न्यूयोर्कमा चिसोको बयान गरिरहनु पर्दैन । प्रचन्ड गर्मी होस या मुटु कमाउने चिसो यहाँ एक अर्कालाई आवश्यक पर्दा एक भई हाल्छ ।यो ज्याक्सन हाईटको विशेषता हो....
पुरा पढ्नुहोस »

चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर

बेइजिङ, २१ मङ्सिर (रासस/सिन्ह्वा) – चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको....
पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न पिजिई  सहमत

वासिङ्टन, २१ मङ्सिर  – संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ । गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार....
पुरा पढ्नुहोस »

अमेरिका–तालिबान वार्ता पुनः शुरु

दोहा, २१ मङ्सिर  – संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ । टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता शुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार....
पुरा पढ्नुहोस »

चीन–अमेरिका व्यापार खुम्चियो

बेइजिङ, २२ मङ्सिर संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई....
पुरा पढ्नुहोस »

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ, २३ मङ्सिर तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै....
पुरा पढ्नुहोस »