रोचक

भारतको आम निर्वाचनमा खेलाडी

बद्रि गौतम, दुरबिन नेपाल, न्युयोर्क, मे २५ संसारकै सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतको निर्वाचनले सबैको ध्यान तानेकै थियो । अब नतिजा जसरी आयो त्यसले संसारभरी नै चर्चा परिचर्चा भइरहेको छ । हिन्दुवादी दल भारतीय जनता पार्टीको अभुतपूर्व विजयले सबैलाई आश्चर्यमा पारेको छ । त्यसो त निर्वाचनका बेला....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपालीले पानी जहाजमा मनाए नयाँ वर्ष

अमृत कुँवर -ओकल्याण्ड । नयाँ वर्ष २०७६ लाई अमेरिकाको पश्चिम तटीय सुन्दर सहर सनफ्रानसिस्को वरपर बस्ने नेपालीहरूले यस पटक फरक ढङ्गले मनाएका छन् । भव्य पानी जहाजमा नेपाली रौनक भर्दै उत्सवको उल्लासमा नयाँ वर्ष धूमधामका साथ मनाएका छन् । प्रोजेक्ट इन्टरटेन्मेंट ग्रुप द्वारा आयोजना गरिएको नयाँ वर्ष....
पुरा पढ्नुहोस »

नुवाकोटमा ४५ हल गोरुको घम्साघम्सी

नुवाकोट ।  माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ । जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो ।....
पुरा पढ्नुहोस »

अख्तियारकाे वार्षिक प्रतिवेदन :  शिक्षा क्षेत्रमा सबैभन्दा बढी अनियमिता

–रमेश लम्साल/अशोक घिमिरे काठमाडौँ, ९ पुस  : शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४÷०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै....
पुरा पढ्नुहोस »

वडा सोलुखुम्बुमा : सेवा कार्यालय काठमाडौंमा

सोलुखुम्बु, २८ मङ्सिर / थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो । काठमाडौँलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन....
पुरा पढ्नुहोस »

क्रिसमस लाइटमा सजिएको शहर (फोटो फिचर)

पश्चिमा देशहरुमा थ्यांक्सगिभिंग देखि नै ‘क्रिसमस लाइट’ले शहर सिंगार्न शुरु हुन्छ। साँझपख मुख्य शहरी क्षेत्रहरुको भ्रमण रोमान्चक हुने गर्दछ। अमेरिकाको चौथो ठूलो शहर ‘ह्युस्टन’ डाउन टाउनमा आइतवार साँझ देखिएको ‘रमझमयुक्त प्रकाश’। तस्वीर: सुजन पण्डित/दूरबिन....
पुरा पढ्नुहोस »

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

लिस्बन, ९ मङ्सिर / विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी....
पुरा पढ्नुहोस »

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

गोरखा, ४ मङ्सिर / गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो । उक्त सामुदायिक वनमा....
पुरा पढ्नुहोस »

नेपालका लागि भारतको विकल्पमा चीनलाई सोच्नु नेपाली नेताहरूको कमजोरी –दीपकुमार उपाध्याय

सानफ्रानसिस्को, १७ नोभेम्बर जटिल भौगोलिक परिवेशका कारण नेपालको पारवहनका लागि भारतको विकल्पमा चीन हुन नसक्ने नेपाली काँग्रेसका नेता तथा निवर्तमान भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यले बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाले आयोजना गरेको अन्तरक्रियामा अमेरिका भ्रमणमा रहनु....
पुरा पढ्नुहोस »

फिरी लगाउने परम्परा हराउँदै

बेत्रावती, २७ कात्तिक / परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको....
पुरा पढ्नुहोस »

रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौँ, १९ कात्तिक / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज....
पुरा पढ्नुहोस »

३७ वर्षपछि ऐतिहासिक देवी नाच

काठमाडौँ, १२ कात्तिक / राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ । विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौँ शताब्दीमा राजा....
पुरा पढ्नुहोस »

सत्खुलवा तालमा फूल हेर्न आउनेको घुइँचो

बाँके, नेपालगञ्ज, २१ असोज / बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ । उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका अनुसार फूल हेर्नका लागि पनि उक्त ताल पर्यटकको गन्तव्य बनेको छ । वारबर्दिया....
पुरा पढ्नुहोस »

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

ब्रिट्स, दक्षिण अफ्रिका, १४ असोज / दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् । “यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,”....
पुरा पढ्नुहोस »

नेपालमा तेह्र हजार गिद्ध

नवलपरासी, २ असोज / नेपालमा विभिन्न नौ प्रजातिका करीब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टकाअनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बोहक सबैजसो स्थानमा पाइने गरेको छ ।....
पुरा पढ्नुहोस »