Day: २२ माघ २०७४, सोमबार १८:१७

विद्युत्भार कटौतीको अन्त्यपछि औद्योगिक क्षमता बढ्यो

काठमाडौँ, २२ माघ | विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३÷७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आव २०७२÷७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको....
पुरा पढ्नुहोस »

‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियान

काठमाडौँ, २२ माघ । ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी छ । लतितपुरका एक दर्जनभन्दा बढी....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपालीले बनाए पशुपति मन्दिर

धार्मिक क्षेत्रमा प्रचलित भनाई छ 'तर्क र ज्ञान भन्दा माथि आस्था र विश्वास हुन्छ ।' भगवानको अनुभूति र खोजीको आधार यही हो । सायद यही भएर होला दक्षिण क्यालिफोर्निया वासीले कठोर र लामो सङ्घर्ष गरेर आफ्नो आस्था र विश्वासको धरोहर आराध्य देव पशुपतिनाथको मन्दिर निर्माण गरेरै छाडे । करिब १५ करोड नेपाली रुपैयाँ....
पुरा पढ्नुहोस »

पञ्चाङ्ग निर्णायक समितिद्धारा २०७५ का लागि १३ पात्रोलाई प्रकाशन स्वीकृति

काठमाडौँ, २२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा....
पुरा पढ्नुहोस »

प्रदेश नं १ एमाले संसदीय दलको नेतामा सहमतिको प्रयास सम्भव नभएपछि २६ गते निर्वाचन

उर्लाबारी, मोरङ, २२ माघ । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको....
पुरा पढ्नुहोस »

ट्राफिक प्रहरी नै इम्बोस्ड नम्बरप्लेटबाट झुक्किन्छन् भने ….

 काठमाडौँ, २२ (माघ) । इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् ।  इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित....
पुरा पढ्नुहोस »

समृद्धि हासिल गर्ने अठोटसँगै प्रादेशिक संसद्को थालनी

प्रकाश सिलवाल  हेटौँडा, मकवानपुर, २२ माघ | “माननीय सदस्यहरू नेपालमा सङ्घीय व्यवस्था कायम भएपछिको प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको कारबाही प्रारम्भ हुन्छ ।” ज्येष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको आशनबाट ऐतिहासिक पहिलो बैठक आरम्भ गराएसँगै संघीय नेपालको इतिहासमै नयाँ....
पुरा पढ्नुहोस »

धर्मले समाजलाई शान्त राख्छ – अध्यक्ष प्रचण्ड

चितवन, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताएका छन्।  गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै उनले अध्यात्मले विकृति र विसंगति....
पुरा पढ्नुहोस »

‘हिन्दुत्वको विषयमा खुला छलफल हुनुपर्छ’ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, २२ माघ/ पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन् । पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परेपनि सिद्धान्त भने छोडन नहुने धारणा समेत राखे । सोमबार भारत भ्रमणमा जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ उनले राष्ट्रले....
पुरा पढ्नुहोस »

शिलन्यास

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाÂङ्ग विद्यालय भवनको सोमबार तनहुँको देवघाटमा शिलन्यास कार्यक्रममा पूजा गर्नुहुँदै । तस्वीर : नारायण अधिकारी,....
पुरा पढ्नुहोस »

प्रदेशसभा बैठकको झलक

प्रदेश नं ४ को पोखरामा आयोजित प्रथम प्रदेशसभा बैठकको एक झलक । तस्विरः वासुदेव पौडेल, पोखरा,....
पुरा पढ्नुहोस »

प्रदेश नं ४ प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

पोखरा, २२ माघ । प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् ।  उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने,....
पुरा पढ्नुहोस »

विज्ञापनका आधारमा उपचार गर्न भारत जाने बिरामी ठगिए

झापा, २२ माघ/ विद्युतीय सञ्चारमाध्यममा प्रशारण भएका विज्ञापनका आधारमा उपचारका लागि भारतको पानीट्याङ्की पुगेका सर्वसाधारण नेपाली ठगिने क्रम तीब्र भएको छ । उपचारका नाममा उनीहरुको पैसा मात्रै सिद्धिएको छैन, ज्यान समेत जोखिममा परेको छ । सीमावर्ती क्षेत्रका एफएम रेडियोमा नियमित बज्ने विज्ञापन सुनेर....
पुरा पढ्नुहोस »

प्रतिवेदन तयार नभएपछि शिक्षा आयोगको अवधि थप

काठमाडौँ, २२ माघ । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि उच्चस्तरीय शिक्षा आयोगको अवधि चार महिनाका लागि थप भएको छ ।  गत भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्च शिक्षासम्मको नीति, निर्धारण गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको....
पुरा पढ्नुहोस »

कसैको चरित्र हत्या गर्न निकृष्ट शब्द चयन गरेर स्थापित भएका छिट्टै विस्थापित हुने – प्रधानन्यायाधीश

काठमाडौँ, २२ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताएका छन् ।  प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को आज यहाँ सार्वजनिक गर्र्दै उहाँले सो कुरा बताएका....
पुरा पढ्नुहोस »