Day: २५ माघ २०७४, बिहीबार १८:२०

एक नवविवाहितालाई ज्यूँदै जलाई हत्या गर्ने प्रयास

महेन्द्रनगर, धनुषा, २५ माघ/ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक नवविवाहिता महिलालाई ज्यूँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ हार्सर टोलकी २० वर्षीया हजरा खातुनलाई घरपरिवारले मट्टीतेल जिउमा छर्केर आगो लगाई हत्या गर्ने प्रयास गरेका छन् । हजाराको शरीरको लगभग....
पुरा पढ्नुहोस »

राष्ट्रियसभाको निर्वाचनसँगै नयाँ सरकार गठनको बाटो खुल्यो

काठमाडौँ, २५ माघ/ संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन बुधबार सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । यसअघि गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भए पनि कानूनी अड्चनका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक....
पुरा पढ्नुहोस »

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम, २५ माघ/ सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका छन् । हाल....
पुरा पढ्नुहोस »

चीनले एयू विरुद्ध जासूसी गरेको छैन : फाकी

बेइजिङ, चीन, २५ माघ/ चीनले अफ्रिकन यूनियन (एयू) विरुद्ध जासुसी गरेको भन्ने भनाई खाली हल्ला मात्र भएको एयू अध्यक्ष मोउसा फाकी महमतले बिहीबार बताउनुभएको छ । बेइजिङमा भएको सातौँ चीन–एयू रणनीतिक वार्ताको सह–आयोजनापछि चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको संयुक्त पत्रकार सम्मेलनमा फाकीले चीनले एयू....
पुरा पढ्नुहोस »

आफ्नो देशको मामिला आँफै मिलाउनु पर्छ : यमिन

माले, २५ माघ/ मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले आफ्नो देशको मामिला आफै मिलाउनु पर्ने बताउनु भएको छ । राष्ट्रपति कार्यालयद्धारा बिहीबार जारी वक्तव्यमा आफ्नो देशको मामिला आफै मिलाउने क्षमता र इमान्दारिता पुष्टी गर्नुपर्ने उल्लेख छ । उहाँले यो बिषय मालदिभ्सका नागरिकसँग सम्वन्धित भएको र देशको....
पुरा पढ्नुहोस »

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

सोल, २५ माघ/ उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी....
पुरा पढ्नुहोस »

दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन : उत्तर कोरिया

प्योङयाङ, २५ माघ/ ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको....
पुरा पढ्नुहोस »

नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन टूको पहिलो खेलमा विजयी

काठमाडौँ, २५ माघ/ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत बिहिबार नेपाल र नामिबियाबीच भएको खेलमा नेपाल विजयी भएको छ । नामिबियाले ३४.२ ओभर बलिंग गर्दै दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४९.३ ओभरमा लक्ष्य पच्छ्याउन सफल भएको हो । नेपालको तर्फबाट शरद भेस्वाकरले २९, कप्तान पारस खड्काले १९, आर के....
पुरा पढ्नुहोस »

नेपाल र नामिबिया बीचको खेल वर्षाका कारण अवरुद्ध खेल शुरु

काठमाडौँ, २५ माघ/ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत जारी नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण अवरुद्ध भएको थियो । नामिबियाले ३४.२ ओभर बलिंग गर्दै दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ‌ओभरमा १११ रन बनाएपछि खेल वर्षाका कारण अवरुद्ध भएको थियो । ८ विकेट गुमाएको नेपाललाई जितका लागि ४२....
पुरा पढ्नुहोस »

नेपाल र नामिबिया बीचको खेल वर्षाका कारण अवरुद्ध

काठमाडौँ, २५ माघ/ आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत जारी नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । नामिबियाले ३४.२ ओभर बलिंग गर्दै दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ‌ओभरमा १११ रन बनाएपछि खेल वर्षाका कारण अवरुद्ध भएको हो । ८ विकेट गुमाएको नेपाललाई जितका लागि ४२ बलमा....
पुरा पढ्नुहोस »

नेपालले टस जितेर फिल्डिंग गर्दै, सोमपाल कामीले पहिलो ओभरमै विकेट लिए

काठमाडौँ, २५ माघ/ आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले उद्घाटन खेलमा आयोजक नामिवियासँग टस जितेर फिल्डिंग रोजेको छ । आजको खेलमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहित कुमार पौडेल, कारण के.सी., आरिफ शेख, सन्दिप लामिछाने,....
पुरा पढ्नुहोस »

रास्ट्रिय सभामा माओवादी केन्द्रबाट १२ जना विजयी

काठमाडौँ,२५ माघ/ राष्ट्रिय सभाको अहिले सम्म घोषित नतिजामा माओवादी केन्द्रले १२ सिटमा जित हासिल गरेको छ । घोषित ५६ स्थानमा एमाले-२७, काँग्रेस-१३, माओवादी-१२, फोरम-२ र राजपा-२ मा विजयी भएका छन् । सरकारले १ महिला समेत ३ जना सिफारिश गरि रास्ट्रपतिबाट अनुमोदन हुन् बांकु रहेको छ । रास्ट्रिय सभामा सरकारले....
पुरा पढ्नुहोस »

स्वास्थ्य बीमा कार्यक्रम शुरु

महोत्तरी, २५ माघ स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले....
पुरा पढ्नुहोस »

रास्ट्रिय सभामा काँग्रेसबाट १३ जना विजयी (पूर्ण सूची सहित)

काठमाडौँ,२५ माघ/ राष्ट्रिय सभाको अहिले सम्म घोषित नतिजामा नेपाली काँग्रेसले १३ सिटमा जित हासिल गरेको छ । घोषित ५६ स्थानमा एमाले-२७, काँग्रेस-१३, माओवादी-१२, फोरम-२ र राजपा-२ मा विजयी भएका छन् । प्रदेश ६ मा नेपालि कांग्रेसले कुनै सिटमा जित हासिल गर्न सकेन । सरकारले १ महिला समेत ३ जना सिफारिश गरि....
पुरा पढ्नुहोस »