Day: २६ माघ २०७४, शुक्रबार १७:३९

अस्पतालहरुले लिने शुल्कको मनोमानी रोक्ने प्रयास

काठमाडौँ, २६ माघ उपचार शुल्क निर्धारण गर्ने समितिले सेवाको गुणस्तर, सेवाको पहिचान अध्ययन गरी शुल्क कति लिने भनि प्रतिवेदन बुझाउन नौ सदस्यीय कार्यदल गठन गरेको छ । समितिका अध्यक्ष स्वास्थ्य सचिव डा पुष्पा चौधरीको अध्यक्षतमा आज स्वास्थ्य मन्त्रालयमा बसेको पहिलो बैठकले अहिलेको शुल्क, सेवाहरुको अध्ययन....
पुरा पढ्नुहोस »

रघुपति जुटमिलमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति

विराटनगर, २६ माघ विराटनगर महानगरपालिका स्थित रघुपति जुटमिलमा शुक्रवार दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार मिलको मेशिन तातेर भएको उक्त आगलागीबाट १० टन जुट र मेशिन जल्दा रु १० लाख बराबरको क्षति भएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

शैक्षिक क्षेत्रमा सुधारको खाँचो

पोखरा, २६ माघ कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपालको शैक्षिक क्षेत्रमा धेरै सुधारको खाँचो भएको बताउनुभएको छ । पोखरा लेखनाथ– २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको रजत जयन्ती समारोहको यहाँ आज उद्घाटन गर्दै उहाँले समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता....
पुरा पढ्नुहोस »

भौतिक पूर्वाधार व्यवस्थान गर्दै प्रदेश नं ५

भैरहवा, माघ २७ (रासस) । सरकारले प्रदेश नं ५ को अस्थायी राजधानी बुटबल तोकेपछि अहिले यहाँको भौतिक पूर्वाधार व्यवस्थापन तीब्र रुपमा अगाडि बढाइएको छ । यस प्रदेशमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय बस्ने भवन र निवासका लागि भवन छान्ने काम अन्तिमचरणमा पुगेको रुपन्देही जिल्ला....
पुरा पढ्नुहोस »

काँग्रेस ६ नं प्रदेशको संसदीय दलको नेतामा शाही

सुर्खेत, २६ माघ/ नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिनुभयो । अन्य संसदीय दलका पदाधिकारी अब बस्ने....
पुरा पढ्नुहोस »

राष्ट्रियसभा सदस्य मनोनितका लागि निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी

काठमाडौँ, २६ माघ/ मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रियसमाभा मनोनित हुने तीन सदस्यका बारेमा निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको बैठकपछि सरकारका प्रवक्ता एवं....
पुरा पढ्नुहोस »

एमाले प्रदेश १ संसदीय दलका नेतामा राई र ३ मा पौडेल

काठमाडौं, २६ माघ/ नेकपा(एमाले) प्रदेश १ को संसदीय दलका नेतामा शेरधन राई निर्वाचित हुनुभएको छ । राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा आज सम्पन्न निर्वाचनमा राईले २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गर्नुभएको थियो । एक मत....
पुरा पढ्नुहोस »

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

धुलिखेल, २६ माघ/ उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र....
पुरा पढ्नुहोस »

आगामी पाँच वर्षसम्म काँग्रेसले सत्ता मोह त्याग्नुपर्ने

काठमाडौँ, २६ माघ/ नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह....
पुरा पढ्नुहोस »

स्रोतसाधनको अधिकतम उपयोग हुनुपर्छ : नेता नेपाल

कैलाली, २६ माघ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशभित्र रहेका स्रोत साधनको अधिकतम उपयोग तथा परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको धनगढीमा आज आयोजित केन्द्रीयसभाको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता....
पुरा पढ्नुहोस »

नेपाल ओमनसँग पराजित

काठमाडौँ, २६ माघ/ नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा ४ विकेट....
पुरा पढ्नुहोस »

ताइवान भूकम्पमा मृत्यु हुने नागरिकको सङ्ख्या १२ पुग्यो

ताइपेइ , ताइवान, २६ माघ/ ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । शुक्रबार दिउसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । अझै पनि भूकम्पका कारण ढलेको....
पुरा पढ्नुहोस »

रसियाको राष्ट्रपतिका लागि पुटिन सहित आठ जना उम्मेदवार

मस्को, रसिया, २६ माघ/ वर्तमान राष्टपति भ्लादिमिर पुटिन सहित आठ जना नेता रसियाको राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका छन् । आउदो मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिश्पर्धामा उत्रिने निश्चय औपचारिक रूपमा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा मतदान....
पुरा पढ्नुहोस »

आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

हाङ्गजोउ, चीन २६ माघ/ चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा....
पुरा पढ्नुहोस »