Day: २८ माघ २०७४, आईतवार १८:०४

अठोट र प्रतिबद्धताबाट भ्रष्टाचार निर्मूल गर्न सकिन्छ–राष्ट्रपति भण्डारी

काठमाडौँ, २८ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले....
पुरा पढ्नुहोस »

पार्टी एकता फागुनभित्रै : एमाले

काठमाडौँ, २८ माघ नेकपा एमालेको सनिवारको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्र संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा माओवादी केन्द्र सँग आगामी फागुनभित्र....
पुरा पढ्नुहोस »

जोमसोम जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

म्याग्दी, २८ माघ बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।....
पुरा पढ्नुहोस »

भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने

काठमाडौँ, २८ माघ (रासस) ः भारतीइ सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउनुहुने भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को....
पुरा पढ्नुहोस »

बुटवल, दाङ र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

बुटवल, २८ माघ नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ । उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने....
पुरा पढ्नुहोस »

स्थायित्व र विकासका लागि दलबीच एकता आवश्यकः अध्यक्ष दाहाल

काठमाडौँ, २८ माघ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, स्थायित्व र विकासका लागि राजनीतिक दलबीच एकता जरुरी भएको बताउनु भएको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) द्वारा आज यहाँ आयोजित संयुक्त लोछार कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनताको अपेक्षा र....
पुरा पढ्नुहोस »

कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको छ : प्रधानमन्त्री देउवा

सुर्खेत, २८ माघ प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताउनुभएको छ । रु ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित....
पुरा पढ्नुहोस »

नेपालद्वारा युएई चार विकेटले पराजित

काठमाडौँ, २८ माघ आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा....
पुरा पढ्नुहोस »

लोकमार्गमा यातायात सञ्चालनको माग

जाजरकोट, २८ माघ/ पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् । सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको....
पुरा पढ्नुहोस »

शीतकालीन ओलम्पिकले दुई कोरियाबीच चिसिएको सम्बन्धमा सुधार ल्याउदै

सोल, माघ २८ माघ/ शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो । उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको....
पुरा पढ्नुहोस »

किरात चुम्लुङमा आङ्दम्बे

भद्रपुर, २८ माघ/ किरात याक्थुङ चुम्लुङ भद्रपुर झापा नगरपरिषद्को दोस्रो नगर अधिवेशनले शर्मिला आङ्दम्बेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । झापाको चन्द्रगढीमा शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जेबी काम्बाङ, उपाध्यक्षमा भीम काम्बाङ, सचिवमा अर्जुन इधिङ्गो, सहसचिवमा....
पुरा पढ्नुहोस »

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

बागलुङ, २८ माघ/ स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी....
पुरा पढ्नुहोस »

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

लिबाङ, रोल्पा, २८ माघ/ मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका संयोजक विनोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पा....
पुरा पढ्नुहोस »

भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

भोजपुर, २८ माघ/ भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका....
पुरा पढ्नुहोस »