Day: ५ फाल्गुन २०७४, शनिबार २२:४८

बार्सेलोना र भ्यालेन्सिया विजयी

स्पेन, १७ फेब्रुअरी/ ला लिगाको शनिवार भएको खेलमा बार्सेलोनाले एईबारलाइ पराजित गरेको छ । बार्सेलोनाको तर्फबाट लुइस सुआरेजले १६ औ र जोर्ड़ी अल्बाले ८८ औ मिनेटमा गोल गरेका थिए ।  यस जितसँगै बार्सेलोना २४ खेलबाट ६२ अङ्क सहित पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड २३ खेलबाट ५२....
पुरा पढ्नुहोस »

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो, एमाले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति

सुर्खेत, ५ फागुन/ प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गर्नुभएको छ । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नुहुने....
पुरा पढ्नुहोस »

प्रदेश ७ मा मन्त्रिपरिषद् गठन, को कुन मन्त्रालयमा ?

कैलाली, ५ फागुन/ प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराउनुभयो । प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन यस....
पुरा पढ्नुहोस »

विधि र प्रक्रियाबाट स्थायी राजधानी तोकिन्छः मुख्यमन्त्री पौडेल

धुलिखेल, ५ फागुन/ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधानसम्मत तोकिने बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रदेशको राजधानी तोक्न हतार नभएको बताउनुभयो । उहाँले जुन कामको लागि भनेर अस्थायी मुकाम....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

काठमाडौँ, ५ फागुन प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार....
पुरा पढ्नुहोस »

राज्यलाई ठग्ने र गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुन्छौ : विश्वराज पोखरेल

काठमाडौँ, ५ फागुन/ महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राज्यलाई ठग्ने र गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुने चेतावनी दिनुभएको छ । काठमाण्डौको सोह्खुट्टेमा सनिबार आयोजित कार्यक्रममा महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख पोखरेले गलत....
पुरा पढ्नुहोस »

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडाँै, ५ फागुन आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका....
पुरा पढ्नुहोस »

दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु, २० राष्ट्रका १८० युवाको सहभागी

पोखरा, ५ फागुन/ ‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ आजदेखि पर्यटकीय नगरी पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । अन्तर्राष्ट्रिय युथ समिट नेपालको आयोजनामा आयोजित पाँच दिवसीय सम्मेलनमा नेपाललगायत विभिन्न २० राष्ट्रका १८० युवाको सहभागिता रहेको छ । युवा....
पुरा पढ्नुहोस »

सूचनाको हकसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सुरु

सुर्खेत, ५ फागुन/ सूचनाको हकसम्बन्धी प्रदेशस्तरीय तीन दिने कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । फ्रिडम फोरमको आयोजनामा सरकारी कार्यालयका सूचना अधिकारीलाई सूचना प्रवाहमा सहजता ल्याउन उक्त कार्यशाला आयोजना गरिएको फोरमका अध्यक्ष हरिविनोद अधिकारीले जानकारी दिनुभयो । राम्रोसँग सूचना....
पुरा पढ्नुहोस »

सरकारको अपेक्षा मर्यादित न्यायपालिकाः प्रम ओली

काठमाडौँ, ५ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताउनुभएको छ । नेकपा ९एमाले० को कानून विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा....
पुरा पढ्नुहोस »

पहिलो नर वानर अन्तर्राष्ट्रिय सम्मेलन शुरु

ललितपुर, ५ फागुन/ देशमा पहिलोपटक नर वानर अन्तर्राष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ । नेपाल जैविक विविधता अनुसन्धान समाज र त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले संयुक्तरुपमा शनिबारबाट सुरु भएको चार दिवसीय सम्मेलनको उपपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । त्यसअवसरमा उहाँले....
पुरा पढ्नुहोस »

इँटाभट्टालाई सुधार गर्न सार्कका व्यवसायी सहमत

ललितपुर, ५ फागुन/ दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत देखिएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० र नेपाल इँटा व्यवसायी महासंघको संयुक्त आयोजनामा....
पुरा पढ्नुहोस »

सोमबार निर्वाचन दिवस, भव्य रुपमा मनाइने

काठमाडौँ, ५ फागुन निर्वाचन आयोगले यही फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्यरुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको निर्वाचनकै क्रममा दिवस मनाउन लागेको हो । स्थानीय तह, प्रदेशसभा र....
पुरा पढ्नुहोस »

रथी महतको ‘फाइदै फाइदा’ विमोचन

काठमाडौँ, ५/ फागुन नेपाली सेनाका रथी बलदेवराज महत (अवकाश प्राप्त) को हास्यव्यङ्ग्य सङ्ग्रह ‘फाइदै फाइदा’ को शनिबार यहाँ विमोचन गरियो । सत्याल पब्लिकेसन एण्ड डिष्ट्रिब्युटर्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकमा रहेका १३ हास्यव्यङ्ग्य माला सबै निबन्ध विधामा लेखिएका छन् । महतका यसअघि ‘अपूरो माया’ र....
पुरा पढ्नुहोस »

संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान

तनहुँ, ५ फागुन/ आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र तनहुँले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो—....
पुरा पढ्नुहोस »