Day: ८ फाल्गुन २०७४, मंगलवार १६:१४

सिरियाली सरकारी फौजको आक्रमणका क्रममा करिब १०० जनाको मृत्यु

दमास्कस,सिरिया, ८ फागुन / सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा बमबारी गर्दा २० जना बालबालिका सहित एक सय जना भन्दा बढी मानिसहरु मारिएको उद्धार टोली तथा अनुगमनकर्ताहरुले बताएका छन् । बेलायतस्थित अनुगमन समूह ‘सिरियन अब्जर्भेटरी फर ह्युमन....
पुरा पढ्नुहोस »

दाहालको अध्यक्षतामा संसदीय पत्रकार मञ्च

हेटौँडा, ८ फागुन / पत्रकारलाई संघीय संसद् तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्देश्यका साथ हेटौँडामा संसदीय पत्रकार मञ्च गठन भएको छ । प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा आज भएको पत्रकारको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा नौ सदस्यीय मञ्च गठन गरेको हो ।....
पुरा पढ्नुहोस »

छापामारदेखि मन्त्रीसम्म…

सुर्खेत, ८ फागुन / विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उहाँ राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो । विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उहाँलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता....
पुरा पढ्नुहोस »

क्रिकेट खेलाडी केसी सम्मानित

बागलुङ, ८ फागुन ९/ राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो । बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका....
पुरा पढ्नुहोस »

डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा

काठमाडौँ, ८ फागुन /अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ । डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको....
पुरा पढ्नुहोस »

महान्यायाधिवक्तामा खरेलको नाम सिफारिश

काठमाडौँ, ८ फागुन / सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको छ । सरकारको मुख्य कानुनी सल्लाहकारमा आज सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत भइसक्नुभएका खरेलको जन्म २०१७ साल माघ १२ ताप्लेजुङको थेचाम्बु–५....
पुरा पढ्नुहोस »

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक : अध्ययन

लण्डन, ८ फागुन / उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त....
पुरा पढ्नुहोस »

पूर्वी चीनमा सडक दुर्घटनाबाट १० जनाको मृत्यु

नानच्याङ, चीन, ८ फागुन / चीनको पूर्वी जियाङसी प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिडेको गुडिरहेका समयमा सडकबाट चिप्लिएर करिब १० मिटर तल रहेको खोल्सामा खसेको र नौ जनाको घटनास्थलमा नै मृत्यु भएको....
पुरा पढ्नुहोस »

तेह्र सन्तानको पूर्ण जिम्मेवारी

थाइल्याण्ड ८ फागुन /  थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएको छ । साढे तीन वर्षयता ती बालबालिकाहरुलाई थाइ सरकारले हेर्दै आएको थियो । थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने....
पुरा पढ्नुहोस »

बमबारी रोक्नु पर्ने संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्र संघ, ८ फागुन / सिरियाली सरकारी सुरक्षाबलले दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी भागमा पर्ने घौटामा गरेको आक्रमण परी कैयौ सर्वसाधारण मारिएका मानवअधिकारबादीहरु बताएका छन् । सेनाले सोमबार विद्रोहीलक्षित गोलाबारी, हवाई तथा रकेट आक्रमणहरूमा परी २० बालबालिकासहित कम्तीमा ७७ जना....
पुरा पढ्नुहोस »

हैजाका कारण दशको मृत्यु

मनिला, ८ फागुन / फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा फैलिएको हैजाका कारण कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । पहाडी क्षेत्रमा पर्ने सो ठाँउमा फैलिएको हैजाका कारण मृत्यु हुने मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले मंगलबार जनाएका छन् । बालाबाक भन्ने स्थानमा झण्डै दुई....
पुरा पढ्नुहोस »

तालिबानको आक्रमणमा चारको मृत्यु

कुन्दुज .(अफगानिस्तान) ८ फागुन / अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले मंगलबार सो जानकारी दिनु भएको छ । काला इ जार जिल्लाको सख्सा कोल इलाकामा सोमबार अपराह्न आँधीको रुपमा....
पुरा पढ्नुहोस »

ट्रम्पपुत्र भारत भ्रमणमा

नयाँदिल्ली, ८ फागुन /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उहाँले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नुहुने भएको....
पुरा पढ्नुहोस »

भारतमा सडक दुर्घटना सातको मृत्यु, २४ घाइते

नयाँदिल्ली, ८ फागुन / भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन । प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ । चालकले नियन्त्रण गुमाएपछि....
पुरा पढ्नुहोस »

छ स्थान निषेधित क्षेत्र

काठमाडौँ, ८ फाुगन ९/ जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख....
पुरा पढ्नुहोस »