Month: १७ चैत्र २०७४, शनिबार १०:५९

अमेरिकाले भिषा निवेदकको फोन, इमेल र सामाजिक सञ्जालको विवरण माग गर्ने

वासिङटन, संयुक्त राज्य अमेरिका, १६ चैतः विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ । संघीय दर्ता....
पुरा पढ्नुहोस »

शेयर बजार : करिब दुई अर्बको कारोबार

काठमाडौँ, १७ चैत/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ९ दशमलव ८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीको ४६ लाख दुई हजार ६३०....
पुरा पढ्नुहोस »

बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन

रत्ननगर, चितवन, १७ चैत/ मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका– ५ सिलिंगेका ६७ वर्षीय लालबहादुर चेपाङ घरको एक छेउमा बसेर प्यार(चिउरीबाट तेल निकाल्न प्रयोग गर्ने बाँसको भाँडो) बुन्दै हुनुहुन्थ्यो । अनुहार चाउरिएर कपाल फुल्न थालेपनि युवा जोशका साथ उहाँले बाँसको चोया खेलाउँदै हुनुहुन्थ्यो ।....
पुरा पढ्नुहोस »

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौँ, १७ चैत/ भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ....
पुरा पढ्नुहोस »

उन्नाइस हजार अपांगताको तथ्यांक

बर्दिवास, १७ चैत/ महोत्तरी जिल्लामा १८ हजार ९२४ अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । जिल्ला समन्वय समिति महोत्तरीसँगको समन्वयमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले सन् २०१७ को वार्षिक प्रतिवेदन जारी गर्दै आज बर्दिवासमा यो तथ्यांक सार्वजनिक गरेको हो । सन् २०१६ देखि खासगरी....
पुरा पढ्नुहोस »

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, १७ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ । आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा....
पुरा पढ्नुहोस »

काँग्रेस बैठक स्थगन

काठमाडौँ, १७ चैत/ निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उहाँप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धारित बैठक स्थगन भएको हो....
पुरा पढ्नुहोस »

पीडकलाई दण्ड तथा पीडितलाई क्षतिपूर्ति माग

काठमाडौँ, १७ चैत महिलाविरुद्धको हिंसालाई दण्डनीय गरी पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको अन्तक्र्रियामा हिंसा न्यूनीकरणका लागि संविधानको मौलिक हकसम्बन्धी प्रावधानका आधारमा सशक्त कानून निर्माण गर्न जोड दिइयो....
पुरा पढ्नुहोस »

जीवित देवताको गोप्य भविष्यवाणी

नुवाकोट, १७ चैत यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो ।....
पुरा पढ्नुहोस »

पर्यटक प्रहरी चौकी विस्तारको माग

रसुवा, १७ चैत पर्यटकीय पदमार्गका दुई स्थानमा पर्यटन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । रसुवाको लाङटाङ पदमार्गको घोडातबेला, गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी र तामाङ सम्पदा मार्गको तातोपानी क्षेत्रमा पर्यटक प्रहरी चौकीको विस्तार गर्न यहाँका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्ड पर्यटक....
पुरा पढ्नुहोस »

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी, मोरङ, १७ चैत तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय....
पुरा पढ्नुहोस »

आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली पेश

सुर्खेत, १७ चैत (रासस) ः एक महिनामापछि शुक्रबार बसेको कर्णाली प्रदेशसभाको छैटौँ बैठकमा आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली, २०७४ पेश गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक र प्रदेशसभा नियमावली मस्यौदा निर्माण समितिका....
पुरा पढ्नुहोस »

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

काठमाडौँ, १७ चैत । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप....
पुरा पढ्नुहोस »

प्रदेशसभाको बैठक दुई पटक स्थगित

धनगढी, १७ चैत प्रदेश नं ७ को प्रदेशसभा बैठकमा छलफलका विषय केही नभएपछि तोकिएको प्रदेशसभा बैठक पनि पछिल्ला केही दिनमा दुई पटक स्थगन गर्नुपरेको छ । बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले....
पुरा पढ्नुहोस »

‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

कालीकोट, १७ चैत कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ । रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब....
पुरा पढ्नुहोस »