Day: १७ फाल्गुन २०७४, बिहीबार १७:०२

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्ने चर्चा, कुनै एक नेतामा सर्वसम्मतको प्रयास जारी

काठमाडौं, १७ फाल्गुन/ नेपाली काँग्रेसका नेताहरुले पार्टी संसदीय दलको नेता सर्वसम्मतिमै चयन गर्नुपर्नेमा जोड दिएका छन । पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी भईरहँदा पार्टीका नेताहरुले सर्वसम्मतिमै दलका नेता चयन....
पुरा पढ्नुहोस »

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

लागोस, नाइजेरिया, १७ फागुन / नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सवैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परिक्षण गर्दा ३१७ जनामा लासा ज्वरो....
पुरा पढ्नुहोस »

राजकुमार विलियमले प्यालेष्टाइन तथा इजरायलको भ्रमण गर्ने

लण्डन, १७ फागुन / बेलायती राजकुमार विलियम यस बर्षको ग्रीष्म ऋतुमा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ । दरबारले दिएको जानकारी अनुसार राजकुमार विलियम प्यालेटाइन तथा इजरायलको औपचारिक भ्रमण गर्ने बेलायती....
पुरा पढ्नुहोस »

सुरक्षा कारबाहीमा १८ विदेशी लडाकूसहित २७ जना मारिए

शेबेरघान, अफगानिस्तान, १७ फागुन / अफगानिस्तानको जावजान प्रान्तमा २७ जना इस्लामिक स्टेट (आइएस) लडाकू मारिएका छन् । आइएस लडाकू लुकेर बसिरहेको सुराकीको आधारमा सेनाले गरेको कारबाहीमा उनीहरू मारिएको अफगानी सैन्य स्रोतले बिहीबार जानकारी दिएको छ । मारिएका मध्ये १८ जना विदेशी लडाकू रहेको सुरक्षा निकायले....
पुरा पढ्नुहोस »

भारी हिमपातका कारण सबै उडान स्थगित

जेनेभा, १७ फागुन / भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् । कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको छ । खराव मौसमको कारण उडानहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने सम्बिन्धित अधिकारीहरुले जानकारी....
पुरा पढ्नुहोस »

रोहिङ्ग्या शरणार्थी अझै स्वदेश फर्किन पाएनन्

याङगुन, १७ फागुन / म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्नपुगेका म्यान्माली शरणार्थीहरु अझै स्वदेश फर्किन पाएका छैनन् । बंगालदेश पुगेका म्यानमाली शरणार्थीलाई बंगलादेश र म्यानमारका उच्च अधिकारीबीच भएको छलफलअनुसार गत जनवरी २३ बाट नै फर्काउने सहमति....
पुरा पढ्नुहोस »

मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

काठमाडौँ, १७ फागुन / लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत्....
पुरा पढ्नुहोस »

लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि श्रेष्ठलाई

लुम्बिनी, १७ फागुन / चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उहाँले सो उपाधि जित्नुभएको हो । शान्ति म्याराथन....
पुरा पढ्नुहोस »

संघीय शिक्षा ऐन र निःशुल्क शिक्षा कानुनको तयारी

काठमाडौँ, १७ फागुन / नेपालको संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले शिक्षासम्बन्धी दुई नयाँ कानूनको तर्जुमा शुरु गरेको छ । विसं २०२८ मा बनेको शिक्षा ऐन पटक पटक संशोधन हुँदै शैक्षिक व्यवस्थापन गरिएका सन्दर्भमा त्यसलाई विस्थापन गर्न नेपालको संविधानानुकूल नयाँ संघीय शिक्षा ऐन र माध्यमिक तहसम्म....
पुरा पढ्नुहोस »

लोकतन्त्रका लागि मुश्लिम समुदायको महत्वपूर्ण योगदान

गुलरिया, बर्दिया, १७ फागुन / नेपाली काँग्रेसका नेता एंव पूर्वमन्त्री सञ्जयकुमार गौतमले लोकतन्त्रको स्थापनाका लागि नेपालका मुश्लिम समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल मुश्लिम संघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनलाई आज गुलरियामा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“मुश्लिम समुदायको....
पुरा पढ्नुहोस »

२६ लाखको आँखा जाँच

पोखरा, १७ फागुन / प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व भएको बताउनुभएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको रजतजयन्ती समारोहका अवसरमा सबस्पेसलिष्ट क्लिनिकको आज उद्घाटन गर्दै उहाँले समृद्धिका लागि प्राकृतिक स्रोत र....
पुरा पढ्नुहोस »

क्षयरोग रोकथामका उपायबारे जानकारी

भक्तपुर, १७ फागुन / नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले भूकम्प प्रभावित जनसमुदायलाई क्षयरोग रोकथामका उपायका बारेमा जानकारी दिएको छ । भक्तपुर नगरपालिका–४ मंगलाछेस्थित भूकम्प प्रभावित जनसमुदायलाई रोकथामका उपायका बारेमा जानकारी दिएको हो । कार्यक्रममा हालसम्म पुनःस्थापन हुन नसकेका भूकम्प....
पुरा पढ्नुहोस »

श्रीमान्को हत्याको षड्यन्त्रमा पक्राउ

पर्सा, १७ फागुन / वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित....
पुरा पढ्नुहोस »

हर्षोल्लासपूर्ण रुपमा होली मनाइयो । जबर्जस्ती रङ दल्न खोज्ने १६० पक्राउ ।

काठमाडौँ, १७ फागुन ९/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई÷मधेश क्षेत्रमा भने यो....
पुरा पढ्नुहोस »

तोरन्ल सम्पन्न

फलेवास, पर्वत, १७ फागुन / थकाली समुदायको ऐतिहासिक पर्व तोरन्ल अर्थात् फागु पूर्णिमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । थकाली सेवा समाज पर्वतको आयोजनामा ताराखेल संचालन गरेर पर्व मनाइएको हो । लोप हुँदै गएको पर्वलाई जीवित राख्न र आफ्ना पितृको उद्धारका निम्ति हरेक वर्ष तोरन्ल मनाउने गरिएको थकाली सेवा....
पुरा पढ्नुहोस »