Day: १८ फाल्गुन २०७४, शुक्रबार २२:३१

सेन्ट्रल मिसिगन युनिभर्सिटीमा गोली पड्कियो

शुक्रबार बिहान सेन्ट्रल मिसिगन युनिभर्सिटीमा गोली पड्किएको आवाज आएको सिएनएन लगाएतका संचार माध्यमहरुले जनाएका छन्। सेन्ट्रल मिसिगन युनिभर्सिटीले ट्वीटर मार्फत घटनाको पु्ष्टी गरेको छ र सबैलाई सुरक्षित रहन भनेको छ। शंकास्पद अश्वेत युवा घटनामा दोषी हुन सक्ने र उसंग घातक बन्दुक रहेको हुनसक्ने भनिएको....
पुरा पढ्नुहोस »

निर्वाचनको समिक्षा गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति पौडेलको आक्रोश

काठमाडौं, १७ फागुन/ नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा लोभ नगर्न आग्रह गर्नु भएको छ । नेता पौडेलले पार्टीको वृहत्तर हितका लागि पनि सभापति देउवाले संसदीय दलको नेतामा दावी गर्न नमिल्ने तर्क गर्नु भयो । उहाँले सभापति देउवालाई सर्वसम्मतिमा....
पुरा पढ्नुहोस »

कान्तिपुरविरुद्धको अपहेलना मुद्दामाथि आईतबार बयान

काठमाडौं, १७ फागुन/ सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अपहेलना मुद्दामाथि आईतबारदेखि मात्रै बयान सूरु गर्ने भएको छ । बयानका लागि शुक्रबार सर्वोच्च अदालत पुग्नु भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नेतृत्वको टोलीलाई सर्वोच्च अदालतले शुक्रबार समय अभाव हुने भन्दै फिर्ता पठाएपछि....
पुरा पढ्नुहोस »

स्विकृत नक्सा अनुसारमात्रै भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाको अपिल

काठमाडौं, १७ फागुन/ काठमाडौं महानगरपालिकाले स्विकृत नक्सा अनुसारमात्रै भवन निर्माण गर्न सार्वजनिक अपिल गरेको छ । स्विकृत नक्सा अनुसार भवन निर्माण नभएको उजुरी आउनेक्रम बढेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्विकृत नक्सा अनुसार मात्रै भवन निर्माण गर्न सचेत गराउनु भएको हो....
पुरा पढ्नुहोस »

परम्परा जोगाउँदै नेवार

बागलुङ, १८ फागुन / यहाँको नेवार समुदायले यो वर्षको फागु पर्व (होली) परम्परागत शैलीमै मनाए । नेपाल भाषा मंका खल बागलुङले पुरानै विधि र स्वरुपमा होलीलाई पुनर्जागरण गरेको होे । गुम्नै लागेको होलीको मौलिकता जोगाइएको नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । बागलुङको नेवार....
पुरा पढ्नुहोस »

बन्द उद्योग पुनःसञ्चालनमा ल्याइने : उद्योग मन्त्री यादव

महेन्द्रनगर, धनुषा, १८ फागुन / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान....
पुरा पढ्नुहोस »

वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युत्मा सरकारी लक्ष्य पूरा हुने

काठमाडौँ, १८ फागुन / मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिएको हो । सरकारले अगाडि....
पुरा पढ्नुहोस »

मिथिला संस्कृतिमा आधारित एकल कला प्रदर्शनी शुरु

काठमाडौँ, १८ फागुन / मिथिला संस्कृतिमा आधारित आठदिने एकल कला प्रदर्शनी मिथिलाएँ आर्ट ग्यालरी क्षेत्रपाटीमा शुरु भएको छ । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवका २० कलाकृति छन् । यादवले विसं २०४५ देखि कलाकारिता शुरु गर्नुभएको थियो । फागुन २३ गतेसम्म....
पुरा पढ्नुहोस »

डिजाइन नपाएपछि काम अघि बढेन

काठमाडौँ, १८ फागुन / रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,–“यसअघि गरेको सम्झौता अनुसार....
पुरा पढ्नुहोस »

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड

सुर्खेत, १८ फागुन /  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता....
पुरा पढ्नुहोस »

पुनः सांसद बनेका ३५ सांसदलाई मञ्चद्वारा सम्मान तथा बधाई

काठमाडौँ, १८ फागुन / पूर्व सांसद मञ्च, नेपालले आफ्ना आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गरेको छ । सिंहदरबारस्थित मञ्चको कार्यालयमा आज आयोजना गरेको कार्यक्रम मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जनसंख्या तथा वातावरण मन्त्री लालबाबु....
पुरा पढ्नुहोस »

होली अर्थात ‘होरी’को रौनकता

अछाम, १८ फागुन ९/  होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी हुनेगर्दछन् । भारतका रोजगार गर्दे आएका ज्योति लुहार र उहाँका छोरा भरत लुहार घर आउनुभएएको छ ।....
पुरा पढ्नुहोस »

टिपर दुर्घटनामा एकको मृत्यु

चितवन, १८ फागुन /  राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ना७ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको....
पुरा पढ्नुहोस »

सहकारीले गाउँमै बनाए बीउ बैंक

तेह्रथुम, १८ फागुन / गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । प्रविधिको....
पुरा पढ्नुहोस »