Day: २१ फाल्गुन २०७४, सोमबार १४:५२

बन्द उद्योग पुनः सञ्चालनमा ल्याइने

काठमाडौँ, २१ फागुन / सरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग आज सिंहदरबारमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बन्द भएका उद्योग सञ्चालन गर्ने र लगानीको....
पुरा पढ्नुहोस »

काँग्रेस संसदीय दलका उपनेतामा गच्छदार

काठमाडौँ, २१ फागुन / नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई....
पुरा पढ्नुहोस »

किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु

कानो, नाइजेरिया, २१ फागुन / नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ । किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको....
पुरा पढ्नुहोस »

काश्मिरमा भएको प्रदर्शनको क्रममा छको मृत्यु

श्रीनगर, भारत, २१ फागुन /  भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छजनाको मृत्यु भएको छ । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले सोमबार अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो । प्रहरीबाट मारिएका छ जना मध्ये चार जना....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाका विशेषदूतले उत्तर कोरियाली नेता भेट्ने

सोल, २१ फागुन / अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्नुुहुने भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रुपमा सोमबार विशेष....
पुरा पढ्नुहोस »

इटलीको निर्वाचन मत परिणाम, सत्ताधारीमध्य–वामपन्थी दलद्वारा हार स्वीकार

रोम, इटली, २१ फागुन /  इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन । करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा शक्तिशाली दल बनेको छ । फाइभ स्टार मुभमेन्टले पनि आफ्नो शक्तिको लेखाजोखा गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनका....
पुरा पढ्नुहोस »

चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

बेइजिङ, (चीन), २१ फागुन / चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो । गत दुई बर्षको....
पुरा पढ्नुहोस »

रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने : पुटिन

मस्को (रसिया), २१ फागुन / रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी....
पुरा पढ्नुहोस »

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

काठमाडौँ, २१ फागुन / नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल रसियन आर्ट क्लब र रुसी सांस्कृतिक केन्द्रले कमलपोखरीस्थित केन्द्रको परिसरमा आयोजना गरेको प्रदर्शनीमा युरोप र एशियाका पुल, प्रकृति,....
पुरा पढ्नुहोस »

भारत पक्षद्वारा गल्ती स्वीकार

दार्चुला, २१ फागुन / नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल....
पुरा पढ्नुहोस »

सार्कलाई सक्रिय बनाउन विचारविमर्श

काठमाडौँ, २१ फागुन / प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा विचारविमर्श भएको छ । उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक....
पुरा पढ्नुहोस »

योद्धाका नामबाट सडकको नामकरण

कञ्चनपुर, २१ फागुन /  सशस्त्र जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट वीरगति प्राप्त गरेका योद्धाका नामबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सडकको नामकरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) नगरस्तरीय कमिटीले वडा नं २ र ३ मा रहेका सडक योद्धाका नामबाट नामकरण गरेको हो । वडा नं २ मा....
पुरा पढ्नुहोस »

सिंहको शोकमा अदालतका इजलास बन्द

काठमाडौँ, २१ फागुन /  सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहको निधनका कारण आज अदालतका सम्पूर्ण इजलास बन्द भएका छन् । इजलास बन्द भए पनि अदालतको प्रशासनिक कार्य भने सञ्चालन भएको अदालतका प्रवक्ता नारायण पन्थीले बताउनुभयो । पूर्वन्यायाधीश सिंहको आइतबार निधन भएको थियो । आज हुन भनिएका मुद्दाको....
पुरा पढ्नुहोस »

चौतारी राससबाट बास्तोला र पाठकलाई सम्मान– पुरस्कार

काठमाडौँ, २१ फागुन /  प्रेस चौतारी नेपाल, रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस सम्मान’ प्रदेश नंं ४ कार्यालय, पोखराका हरि बास्तोला र ‘प्रेस चौतारी रासस क्रियाशील पत्रकारिता पुरस्कार’ केन्द्रीय कार्यालयका स्थानीय संवाददाता शर्मिला पाठकलाई प्रदान गर्ने भएको छ । चौतारी राससको आज बसेको बैठकले....
पुरा पढ्नुहोस »

पुनः एकताको गृहकार्यमा राप्रपाका समूह

काठमाडौँ, २१ फागुन /  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भई विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता बलियो पार्टी निर्माणका लागि पुनः एकताको गृहकार्यमा जुटेका छन् । मुलुकमा सम्पन्न भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा । राष्ट्रियसभाका चुनावमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उनीहरूले....
पुरा पढ्नुहोस »