Day: २३ फाल्गुन २०७४, बुधबार १६:५४

उत्तर र दक्षिण कोरिया शिखर बैठक अर्काे महिना

सोल, २३ फागुन उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ । उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताउनुभएको हो । यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हलै भएको छ । सो....
पुरा पढ्नुहोस »

सिरियामा खसेको रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु

दमासकस, २३ फागुन सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु भएको बताइएको छ । रुसले आफ्नो एउटा सैनिक विमान सिरियामा दुर्घटनाग्रस्त भएको जनाएको थियो । उक्त विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । मङ्गलबार सो विमान रुसी सेनाले सिरियामा प्रयोग गर्दै आएको एक....
पुरा पढ्नुहोस »

बेइजिङद्वारा एक वर्षमा २९ करोड ७० लाख पर्यटकको स्वागत

बेइजिङ, २३ फागुन बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट....
पुरा पढ्नुहोस »

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

अबुजा, २३ फागुन (रासस÷सिन्ह्वा) ः नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो । हिंसामा....
पुरा पढ्नुहोस »

आर्थिकरुपमा संघीयता कार्यान्वयन चुनौतीपूर्ण :अर्थमन्त्री

काठमाडौँ, २३ फागुन आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँहरुले स्रोत जुटाएर....
पुरा पढ्नुहोस »

सरकार संयोजनकारी निकाय हो :प्रम ओली

काठमाडौँ, २३ फागुन वाग्मती सफाइ अभियानका अभियन्तासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानूनको पालक भएको बताउनुभयो । “सरकार हस्तक्षेपकारी होइन कानूनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । वाग्मती....
पुरा पढ्नुहोस »

प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त

धनगढी, २३ फागुन  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ । अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आउनुभएको छ । नेपाल बार एशोसिएशनको....
पुरा पढ्नुहोस »

एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी

भक्तपुर, २३ फागुन आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर....
पुरा पढ्नुहोस »

‘पञ्चायत’ मौलिक चलचित्र

रत्ननगर, चितवन २३ फागुन पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण समूहले बताएको छ । चलचित्रबारे निर्माण युनिटले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक र मौलिक खालको चलचित्र....
पुरा पढ्नुहोस »

आर्थिक वृद्धिदर ६ प्रतिशत रहने

काठमाडौँ, २३ फागुन  चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य....
पुरा पढ्नुहोस »

मितव्ययी नीति लिँदै सरकार

काठमाडौँ, २३ फागुन संघीयता कार्यान्वयन भएसँगै चुलिएका असीमित दायित्वलाई सम्बोधन गर्न सरकारले चालू खर्चलाई नियन्त्रण गर्दै पूँजीगत खर्चको स्रोत प्रवाहमा मितव्ययी हुने नीति अपनाउने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अर्थ....
पुरा पढ्नुहोस »

देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग –मुख्यमन्त्री राई

इटहरी, २३ फागुन प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । इटहरीमा क्यान सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ को आज उद्घाटन गर्दै उहाँले विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले....
पुरा पढ्नुहोस »

विद्युत चोरी गर्नेलाई पाँच हजार जरिवाना

राजविराज, २३ फागुन  नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही रु पाँच हजार जरिवाना गराएको छ । प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको कृष्णश्रवण गाउँपालिका–४, ९, ५ र महदेवा गाउँपालिका–१ र २ मा विद्युतको पोलबाट हुकिङ गरी विद्युत चोरी....
पुरा पढ्नुहोस »

अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

काठमाडौँ, २३ फागुन रासस सर्वोच्च अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज दृष्टिविहीन तथा शारीरिक अपांगता....
पुरा पढ्नुहोस »

बाटैमा हरायो चार शिवालय पुनःनिर्माणको ‘ड्रइङ डिजाइन’

काठमाडौँ, २३ फागुन/ बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट उम्रिएको छ । यो विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित गौरीघाटको चार शिवालयको अवस्था हो । भूकम्प अघि नै जीर्ण भएर....
पुरा पढ्नुहोस »