Day: २४ फाल्गुन २०७४, बिहीबार १९:५०

कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला

सुर्खेत, २४ फागुन /  कर्णाली प्रदेशका कावा मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले मुलुकमा महिलाको ३३ प्रतिशत सहभागिता भएको र अब ५१ प्रतिशतभन्दा....
पुरा पढ्नुहोस »

भैरवी मन्दिरका पुजारीको पोशाक परिवर्तन

त्रिशूली(नुवाकोट), २४ फागुन /  जिल्लाको प्रमुख धार्मिकस्थल भैरवी मन्दिरका पुजारी(धामी)को पोशाक आज विधिपूर्वक परिवर्तन गरिएको छ । परम्परागत रुपमा धार्मिक कार्यमा पहिरिने विशेष खालको पोशाक हरेक १२ वर्षमा परिवर्तन गरिने प्रचलन छ । नुवाकोटे धामी खलकका बाह्रौँ पुस्ता अठहत्तर वर्षीय हरिमानसिंह डंगोलको....
पुरा पढ्नुहोस »

राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौँ, २४ फागुन / केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ ।....
पुरा पढ्नुहोस »

आर्मी सेमीफाइनलमा

सुरुङ्गा, झापा, २४ फागुन /  यहाँ जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आज....
पुरा पढ्नुहोस »

बलात्कारीलाई कडा कारबाही गरिने

काठमाडौँ, २४ फागुन / सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । रिपोर्टर्स क्लबले १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा....
पुरा पढ्नुहोस »

गुटामा बिहीबार पनि सहायता सामाग्री पुगेन

दमासकस, २४ फागुन /  हिंसा जारी रहेको सिरियाको पूर्वीसहर गुटामा बिहीबार गर्ने भनिएको मानवीय सहायता कार्यक्रम हिंसाकै कारण रोकिएको छ । गुटामा जारी द्वन्द्वका कराण त्यहाँ पुग्न नसकिने भएको हुनाले सो कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको इन्टरनेसनल कमिटि (आइसीआरसी)ले जानकारी दिएको छ । यस्तो अवस्थामा....
पुरा पढ्नुहोस »

महिला अधिकारबाट मात्र शान्ति र प्रजातन्त्र–सुकी

मनिला, २४ फागुन / म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले महिलालाई अधिकार दिइयो भनेमात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने धारणा राख्नुभएको छ । उहाँले शान्ति र प्रजातन्त्रको स्थापना र स्थायित्वका लागि महिलालाई अधिकार दिनुपर्नेमा जोड दिनुभएको छ । मनिलामा आयोजित अन्तरराष्ट्रिय....
पुरा पढ्नुहोस »

भ्रष्टाचारको आरोपमा एघार वर्षको जेल सजाय

रियो डे जेनेरो, २४ फागुन / ब्राजिलमा राज्यद्वारा सञ्चालित एक तेल कम्पनीका पूर्वअध्यक्षलाई भ्रष्टाचारको मुद्दामा बुधबार एघार वर्षको जेल सजाय सुनाइएको छ । यहाँको सरकारी समाचार समितिले सो जानकारी दिएको छ । सन् २०१५ को फेब्रुअरीदेखि २०१६ को मे महिनासम्म अध्यक्ष रहेका एल्डेमिर बेनदिनेलाई सो सजाय....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान

सोल, २४ फागुन / हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गर्नुभएको समाचार छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र....
पुरा पढ्नुहोस »

वार्तागर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २४ फागुन / चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– यी दुई देशले जतिसक्दो चाँडै....
पुरा पढ्नुहोस »

पुनःनिर्माण प्राधिकरणको कार्यशाला गोष्ठी

काभ्रे, २४ फागुन /  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयआर्जन तथा जेसी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । स्थानीय तहका उपप्रमुखको जिम्मेवारी गौण भइरहेको अवस्थामा उनीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले बुधबार प्राधिकरणले कार्यशाला गोष्ठी आयोजना गरेको हो । स्थानीय तहमा महिलालाई....
पुरा पढ्नुहोस »

ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा शुरु

नवलपरासी, २४ फागुन /  नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले....
पुरा पढ्नुहोस »

महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

विराटनगर,२४ फागुन /  एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान....
पुरा पढ्नुहोस »

नेपालबाट स्कटल्याण्डलाई १५० रनको चुनौती

काठमाडौँ २४ फागुन / आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकट गुमाएर १४९ रनमा समेटियो....
पुरा पढ्नुहोस »