Day: २९ फाल्गुन २०७४, मंगलवार १५:०५

लागुऔषधसहित दुई पक्राउ

इनरुवा, २९ फागुन / धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने....
पुरा पढ्नुहोस »

जेनेरेटर भाडामा लिएर आमाको उपचार

विद्युत अभावमा आफैले जेनेरेटर भाडामा लिएर आमाको उपचार गराउँदै आएका दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–२ सोल्माका सन्तोष राई । जिल्ला अस्पताल खोटाङमा विद्युत र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । तस्बिर ः केदार मगर÷खोटाङ,....
पुरा पढ्नुहोस »

कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीति आवश्यक

पोखरा, २९ फागुन / राष्ट्रिय किसान आयोगको आयोजना एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीतिको आवश्यकता औँल्याइएको छ । ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा....
पुरा पढ्नुहोस »

एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

काठमाडौँ, २९ फागुन / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको....
पुरा पढ्नुहोस »

अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा

काबुल, २९ फागुन / अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ । तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ । अफगान....
पुरा पढ्नुहोस »

इथियोपिया बस दुर्घटनामा ३८ जनाको मृत्यु

अदिस अबाबा, इथियोपिया, २९ फागुन /  इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले मङ्गलबार जनाएको छ । राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “सोमबार इथियोपियाको....
पुरा पढ्नुहोस »

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

बगदाद, २९ फागुन / इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको समाचार छ । उक्त धराप इस्लामिक स्टेट (आईएस) ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी....
पुरा पढ्नुहोस »

चिनियाँ राष्ट्रपति सिद्वारा अमेरिका उत्तर कोरिया वार्ता सफलताको कामना

बेइजिङ, २९ फागुन / चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ । उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको....
पुरा पढ्नुहोस »

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बर्खास्त

राष्ट्रपति ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका छन्। मंगलवार बिहानै ट्वीटरमार्फत नयाँ विदेशमन्त्रीमा सीआईएका निर्देशक माइक पम्पिओ नियुक्त हुने घोषणा गरेका राष्ट्रपति ट्रम्पले टिलर्सन अब खुसी हुने भनेका छन्। केही महिना अघिदेखि नै अमेरिकी संचार माध्यमहरुले ट्रम्प र टिलर्सनबीच....
पुरा पढ्नुहोस »

नृत्य प्रस्तुत

हरि खेतान बहुमुखि क्याम्पसको वीरगन्जमा मङ्गलबार आयोजित ३६ औं वार्षिकोत्सव कार्यक्रमको उपलक्ष्यमा नृत्य प्रस्तुत गर्दै छात्राहरु । तस्विर ः बिजय कुमार महतो....
पुरा पढ्नुहोस »

महिला हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, २९ फागुन /अन्तरपार्टी महिला सञ्जालले पछिल्लो समय महिलामाथिको हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । सञ्जालको टोलीले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै पर्सामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना, कैलालीमा युवतीलाई....
पुरा पढ्नुहोस »

दीप प्रज्वलन

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन । तस्वीर ः नवीन पौडेल....
पुरा पढ्नुहोस »

महिलाको अधिकार सुरक्षित गर्छु : मन्त्री थापा

काठमाडौँ, २९ फागुन / श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताउनुभएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’को तस्वीर अवलोकन गर्न....
पुरा पढ्नुहोस »

इतिहास शिरोमणि आचार्यको १३१ औँ जन्मजयन्ती

काठमाडौँ, २९ फागुन / नेपालको गौरवपूर्ण इतिहासलाई सही व्याख्या गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् । इतिहास शिरोमणि बाबुराम आचार्यको १३१औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनीहरुले इतिहासका बारेमा सत्यतथ्य खोतल्ने वा अनुसन्धान....
पुरा पढ्नुहोस »

राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

काठमाडौँ, २९ फागुन / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त....
पुरा पढ्नुहोस »