Day: २९ फाल्गुन २०७४, मंगलवार १२:५६

जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २९ फागुन / गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका....
पुरा पढ्नुहोस »

रक्षामन्त्री पोखरेलसँग राजदूत पुरीको भेट

काठमाडौँ, २९ फागुन /  रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति....
पुरा पढ्नुहोस »

डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भाग लिने

काठमाडौँ, २९ फागुन /  स्पेनमा हुने दशौँ डोनोस्टिकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालबाट १८ खेलाडीले भाग लिने भएका छन् । स्कलर्स होम एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका प्रिन्सिपल हरिनारायण उपाध्यायले १३ र १४ वर्ष उमेर समूहको विधामा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने....
पुरा पढ्नुहोस »

नगरप्रमुखमाथि आक्रमण गरेको आशंकामा तीन पक्राउ

धनगढी, २९ फागुन / कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान....
पुरा पढ्नुहोस »

संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

काठमाडौँ, २९ फागुन /  संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले औँल्याएका छन् । विश्व बैंकको नेपालस्थित कार्यालयले नेपाल संघीयतामा प्रवेश गरेको सन्दर्भमा सातवटै प्रदेशमा दुईलाख भन्दा बढी नेपालीसँग गरेको परामर्शमा....
पुरा पढ्नुहोस »

राष्ट्रपति निर्वाचनले गणतन्त्रको संस्थागत विकास

काठमाडौँ, २९ फागुन / संघीय संसद् र प्रदेशसभा सदस्यहरुले संघीय संसद्को निर्वाचनपछि भएको राष्ट्रपति निर्वाचनले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने बताउनुभएको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि आज तेस्रो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

काठमाडौँ, २९ फागुन / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ । कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराउनुभयो । कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता....
पुरा पढ्नुहोस »

दुर्घटनामा दुई कर्मचारीको मृत्यु

धनकुटा, २९ फागुन / धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर आज दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका....
पुरा पढ्नुहोस »

दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, २९ फागुन / पुल्चोक इञ्जीनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले यही फागुन १६ गते पर्सामा बालिकामाथि भएको बलात्कारमा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न माग गर्दै आज विरोध प्रदर्शन गरेको छ । युनियनले पीडितलाई उपचारका साथै आवश्यक संरक्षणको व्यवस्था गर्न आग्रह गर्दै उक्त....
पुरा पढ्नुहोस »

राष्ट्रपति निर्वाचन : १८ मतदाता अनुपस्थित

काठमाडौँ, २९ फागुन /संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो....
पुरा पढ्नुहोस »

सभापति देउवाद्वारा स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, २९ फागुन /  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सभापति देउवा आज सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । पूर्व....
पुरा पढ्नुहोस »

विवेकशील साझाले मतदान नगर्ने

काठमाडौँ, २९ फागुन / विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश नं ३....
पुरा पढ्नुहोस »

स्वास्थ्य चौकीको भवन निर्माण

बाबियाचौर, म्याग्दी, २९ फागुन /  रघुगंगा गाउँपालिका–२ भगवतीस्थित स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको रु एक करोड ३८ लाख २० हजार लगानीमा दुईतले १० कोठे भवन निर्माण गरेको हो । भवनको भुइँतलामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि भण्डारण, प्रसूति,....
पुरा पढ्नुहोस »

राप्रपाद्वारा राष्ट्रपतिमा भण्डारीलाई समर्थन

काठमाडौँ, २९ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले....
पुरा पढ्नुहोस »