Day: १ चैत्र २०७४, बिहीबार १५:०७

विश्वकपको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को, १ चैत / विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको नियमक निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न....
पुरा पढ्नुहोस »

मुख्य परियोजना अवरुद्ध भएपछि प्रधानमन्त्रीद्वारा राजीनामा

स्लोभेनिया, १ चैत /  स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारले बुधबार अबेर प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । कानुनी कमजोरीका कारण मुख्य परियोजना अवरुद्ध भएको केही घण्टापछि उहाँले राजीनामा दिनुभएको अधिकारीहरुले बताएका छन् । सरकारको सवै भन्दा ठुलो परियोजनाको रुपमा रहेको रेलमार्ग सम्वन्धी....
पुरा पढ्नुहोस »

सेनेगलमा सैनिक विमान दुर्घटना, छको मृत्यु

डकार, १ चैत / सेनेगलको दक्षिणी भागमा बुधबार भएको एक विमान दुर्घटनामा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य १४ जना घाइते भएका छन् । चालकदलका सदस्यसहित २० यात्रु सवार रहेको सो हेलिकोप्टर तटीय क्षेत्र मिस्सीराहस्थित म्याङ्गरोभे जङ्गलमा खसेको जनाइएको छ । यस हेलिकोप्टरका चार चालक....
पुरा पढ्नुहोस »

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

बेरुत, १ चैत / सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमात्र पछि सो आन्दोलन गृहयुद्धकारुपमा परिणत भएको थियो....
पुरा पढ्नुहोस »

विदेशीको मृत्यु

पोखरा, १ चैत / पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ लेकसाइडस्थित एक होटलको कोठामा बस्तै आएका एक विदेशी आज मृतावस्थामा फेला परेका छन् । लेकसाइडको होटल ह्वाइट पियर्लको कोठा नं ७०१ मा २८ वर्षीय युक्रेनी आनपोन कुज्निफोब बिहान मृतावस्थामा भेटिएको प्रदेश नं ४ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक....
पुरा पढ्नुहोस »

गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक योजना

काठमाडौँ, १ चैत / कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ । कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन....
पुरा पढ्नुहोस »

सहकारी स्थानीय तहमा हस्तान्तरण शुरु

त्रिशूली(नुवाकोट), १ चैत / सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्न आरम्भ गरिएको छ । सहकारी डिभिजन कार्यालय नुवाकोटले किस्पाङ गाउँपालिकालाई सहकारी संस्था अभिलेख हस्तान्तरण गरी प्रक्रिया अगाडि बढाएको हो । सदरमुकाम विदुरमा आज आयोजित स्थानीय तहका पदाधिकारी र अधिकृतका लागि सहकारी....
पुरा पढ्नुहोस »

शिक्षक संघको आठौँ महाधिवेशन शुरु

काठमाडौँ, १ चैत / नेपाल शिक्षक संघको आठौँ संघीय महाधिवेशन आजदेखि यहाँ शुरु भएको छ । संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायबाट उद्घाटन भएको सो महाधिवेशन यही चैत ४ गतेसम्म हुनेछ । संघले आफ्ना शिक्षण पेशाबाट स्थानीय तहमा निर्वाचित करीव १५० सदस्यलाई सम्मानसमेत गरेको छ । महाधिवेशनमा नेपाल शिक्षक....
पुरा पढ्नुहोस »

शुक्रबार त्रिविका क्याम्पसमा बिदा

काठमाडौँ, १ चैत / त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज....
पुरा पढ्नुहोस »

महिला फुटबल खेलाडीलाई सहयोग

विराटनगर, १ चैत / स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालि विराटनगरले एक खेलाडीलाई हवाई टिकट बराबरको आर्थिक सहयोग आज यहाँ गरेको छ । गिनीज बुक अफ वल्ड रेकर्डका लागि जाने महिला फुटबल खेलाडीलाई विदाई तथा आर्थिक सहयोग गरेको हो । मोरङको कानेपोखरी गाउँपालिका–७ का दीपा अधिकारीलाई जोर्डनमा....
पुरा पढ्नुहोस »

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन

चरिकोट, १ चैत / बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । माथिल्लो तामाकोशी शेयर सरोकार....
पुरा पढ्नुहोस »

पचास लाख पर्यटक पु-याउन लगानी पूर्वाधार निर्माणमा जोड

काठमाडौैँ, १ चैत / आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा जोड दिइएको छ । गन्तव्य नेपाल ग्रुपले यहाँ आज आयोजना गरेको ‘टुरिजम विजनेश अवार्ड’ कार्यक्रमका वक्ताले समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले पर्यटनमा लगानी बढाई....
पुरा पढ्नुहोस »

हिन्दी राष्ट्रिय भाषा हुनै सक्दैनः नेता मैनाली

दाङ, १ चैत / नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेसको समस्याबाट वर्तमान प्रधानमन्त्री केपी ओली भाग्न खोजेको आरोप लगाउनुभएको छ । तुलसीपुरमा आज भएको नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मधेसी दलहरुले उठाएको मागलाई प्राविधिक तवरले समाधान गर्न केपी शर्मा ओलीको सरकार....
पुरा पढ्नुहोस »

भलिबल प्रदेशस्तरिय प्रतियोगिता

इटहरी, १ चैत / इटहरी रङ्गशालामा प्रारम्भ भएको मेयरकप राष्ट्रिय पुुरुष भलिबल खेलअन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश ४ ले प्रदेश ६ लाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । नक आउटका आधारमा सञ्चालित खेलअन्तर्गत आज भएको पहिला खेलमा प्रदेश नं. चारको टिमले प्रदेश ६ को टिमलाई २५–६, २५–१६ र २५–२३ अंकको....
पुरा पढ्नुहोस »

नेपाललाई एकदिवसीय मान्यता प्राप्त

काठमाडौँ, १ चैत/ विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीलाइ नेपालले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको छ । जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई ११५ रनको चुनौती दिएको....
पुरा पढ्नुहोस »