Day: ४ चैत्र २०७४, आईतवार ०९:३७

बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दी, ४ चैत / बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ । बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिनुभयो । चालु....
पुरा पढ्नुहोस »

दमकलमा जनशक्ति अपर्याप्त

ललितपुर, ४ चैत / जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ । दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १०....
पुरा पढ्नुहोस »

प्रथम खोटाङ आइडल बने तेजकुमार

खोटाङ, ४ चैत / सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ....
पुरा पढ्नुहोस »

साझाका साहित्यिक पुस्तक बिक्री वृद्धि

विदुर, नुवाकोट, ४ चैत / बजार प्रवद्र्धन गरेपछि साझा प्रकाशन, नुवाकोट शाखाले गत वर्षको भन्दा रु २० लाख बढी मूल्यका पुस्तक बिक्री गरेको छ । सो शाखाले स्थानीय तह, सामुदायिक र निजी विद्यालय तथा पुस्तकालयमा बजार प्रवद्र्धन गरेपछि बिक्री बढाएको हो । सो शाखाका प्रमुख कृष्ण न्यौपानेका अनुसार चालू आवको हालसम्म....
पुरा पढ्नुहोस »

तरुण दलले सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ, ४ चैत / नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो । दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको....
पुरा पढ्नुहोस »

एकसय एक्काइस विद्यार्थी एसईईवाट वञ्चित

रोल्पा, ४ चैत /परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा....
पुरा पढ्नुहोस »

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मंगलबारे, इलाम, ४ चैत /  इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो....
पुरा पढ्नुहोस »

सुनसरीको मधुवनमा भिषण आगलागी

इटहरी, ४ चैत / सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष....
पुरा पढ्नुहोस »

विद्यालयलाई तीन रोपनी जग्गादान

वालिङ, स्याङ्जा, ४ चैत / स्याङ्जाको गल्याङ नगरपालिका–८, तिन्दोबाटेमा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयलाई स्थानीयले निःशुल्क जग्गादान गरेका छन् । विद्यालयसँगै जोडिएको तीन रोपनी क्षेत्रफल भएको जग्गा स्थानीय सूर्यबहादुर, वीरबहादुर र प्रकाश श्रेष्ठले विद्यालयको नाममा नामसारी गरिदिनुभएको....
पुरा पढ्नुहोस »

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

बँेसीशहर, लमजुङ, ४ चैत / लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु....
पुरा पढ्नुहोस »