Day: ८ चैत्र २०७४, बिहीबार ०४:१९

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत्र/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह....
पुरा पढ्नुहोस »

हुम्लामा एक्कासि हिमपात

हुम्ला, चैत ८/ गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।....
पुरा पढ्नुहोस »

सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

ललितपुर, ८ चैत/ अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक-दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ बताउनुहुन्छ । स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा....
पुरा पढ्नुहोस »

भारतीय नागरिक पक्राउ

नवलपरासी, ८ चैत/ पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात....
पुरा पढ्नुहोस »

दरवाङ नदी नियन्त्रण आयोजनाको काम शुरु

बाबियाचौर, म्याग्दी, ८ चैत/ म्याग्दी नदीको कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छ । मालिका गाउँपालिकाले उपभोक्ता समितिमार्फत नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माण थालेकोे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी....
पुरा पढ्नुहोस »

बराहका अग्निपीडितलाई राहात उपलब्ध गराइने

इनरुवा, ८ चैत/ सुनसरीको बराह नगरपालिका–११ का अग्निपीडितलाई सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राहतस्वरुपरु २५ लाख बराबरको सहयोग उपलब्ध गराउने जानकारी दिनुभएकोे छ । पीडित परिवारको आवश्यकताका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयपश्चात् सो रकम उपलब्ध गराउने....
पुरा पढ्नुहोस »

वन डढेलो व्यवस्थापनमा सामुदायिक वन सक्रिय

जितपुर, कपिलवस्तु, ८ चैत/ गर्मीयाम शुरु भएसँगै आगलागीका घटना बढ्न नदिन यतिबेला यहाँका सामुदायिक वन उपभोक्ता समितिमा डढेलो व्यवस्थापनबारे चासो बढेको छ । प्रत्येक वर्ष सामुदायिक वनमा आगलागीका घटना बढ्न थालेपछि त्यसको रोकथामको प्रभावकारी उपाए के हुन सक्छ ? कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै सामुदायिक....
पुरा पढ्नुहोस »

गोही होलीमा निर्माणधिन पुल शिलान्यास

पथरी, मोरङ, ८ चैत/ स्थानीय पथरीशनिश्चरे स्थिते पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा पुल निर्माण हुने भएको छ ।। नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास....
पुरा पढ्नुहोस »

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’

रत्ननगर, चितवन, ८ चैत/ चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी....
पुरा पढ्नुहोस »

भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य

फलेवास, पर्वत, ८ चैत/ विनाशकारी भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहँुदा यहाँको एक विकट गाउँको विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ को भूकम्पले भत्काएको पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा सञ्चालित आम्बरी माविको सातकोठे भवन पुनःनिर्माण नहुँदा विद्यार्थी खुल्ला आकाशमुनि....
पुरा पढ्नुहोस »

चोरी बढ्न थालेपछि स्थानीय त्रस्त

कैलाली, ८ चैत/ पछिल्लो समययता धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रस्त बन्दै गएका छन् । रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट विद्युतीय खानेपानी तान्ने मोटर, खोरमा भएका खसीबोका, साइकललगायतका वस्तु चोरी हुन थालेपछि स्थानीय बासिन्दा त्रस्त....
पुरा पढ्नुहोस »

जिप दुर्घटनामा एकको मृत्यु, नौ घाइते

रुकुम, ८ चैत/ रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् । वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको....
पुरा पढ्नुहोस »

राहदानी बनाउने घटे

पर्सा, ८ चैत/ पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो । आव २०७३-७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा....
पुरा पढ्नुहोस »

पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग

सुर्खेत, ८ चैत/ कर्णाली प्रदेशका पशु प्राविधिकहरुले प्रदेशस्तरीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग गरेका छन् । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनको कर्णाली प्रदेशस्तरीय भेलामा सहभागी पशु प्राविधिकले कर्णाली प्रदेशका जिल्लामा उपयुक्त पशु बालीको अनुसन्धानमूलक कार्यको....
पुरा पढ्नुहोस »

मलेसिया पुग्नुभएका वमप्रसाद दुई हप्तामै रित्तो हात घर फर्किए

खोटाङ, ८ चैत/ धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो । रोजगारीका सिलसिलामा....
पुरा पढ्नुहोस »