Day: १० चैत्र २०७४, शनिबार १४:२३

लागुऔषधसहित दुईजना पक्राउ

पोखरा, १० चैत/ लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागूऔषध बेचबिखनमा संलग्न दुईजनालाई आज पक्राउ गरेकोछ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् । प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष....
पुरा पढ्नुहोस »

सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, १० चैत/ नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी....
पुरा पढ्नुहोस »

बत्तीमुनिका अँध्यारा काभ्रेका स्वास्थ्य संस्था उज्यालो छर्दै

रविओपी, काभ्रे, १० चैत (रासस) । “मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ...।” महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल....
पुरा पढ्नुहोस »

‘लालटिनको उज्यालोमा’ सार्वजनिक

काठमाडौँ, १० चैत/ सरस्वती ज्ञवालीद्वारा आफ्नो आत्मकथामा आधारित रहेर लेखिएको ‘लालटिनको उज्यालोमा’ पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिमिल्सिना, समालोचक प्राध्यापक डा.कृष्णचन्द्र शर्मा, नेकपा एमालेका सांसद बिन्दा पाण्डेले संयुक्त रुपमा सो पुस्तकको....
पुरा पढ्नुहोस »

जनताका आवश्यकता पुरा गर्ने दायित्व जनप्रतिनिधिमा : मुख्यमन्त्री पोखरेल

तुल्सीपुर, दाङ, १० चैत/ प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताका आवश्यकता पूरा गर्ने दायित्व जनप्रतिनिधिमा आएको बताउनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवस्थित योजनाका साथ जनताका आवश्यकता पुरा गर्न लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री....
पुरा पढ्नुहोस »

सिम्रौनगढलाई पर्यटकीयस्थलका रुपमा विकास गर्छु : राज्यमन्त्री चौधरी

कलैया, १० चैत/ कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सिम्रौनगढलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ । बाराको ऐतिहासिक नगरी सिम्रौनगढमा मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता, २०७४ को उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहनुभएकी मन्त्री चौधरीले सिम्रौनगढ क्षेत्र....
पुरा पढ्नुहोस »

नेपाल भाषाका महाकवि जोशीको शालिक अनावरण

काठमाडौँ, १० चैत/ नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको ८० औँ जन्म जयन्तीका अवसरमा शंखरापुर नगरपालिकाको साँखुमा निर्मित उहाँको शालिक अनावरण गरिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले आज आयोजित कार्यक्रममा स्वर्गीय जोशीको शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल भाषाको श्रीवृद्धिमा....
पुरा पढ्नुहोस »

विष्फोटको विरोधमा बन्द, मोर्चाले जिम्मा लियो

लहान, १० चैत/ नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो । उद्ध्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिनुभयो । तीन-चार महिनादेखि पटक पटक उद्योगी तथा....
पुरा पढ्नुहोस »

हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता

काठमाडौँ, १० चैत/ नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने....
पुरा पढ्नुहोस »

प्रमको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी

काठमाडौँ, १० चैत/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले आगामी १०....
पुरा पढ्नुहोस »

कालुको साढे आठ दशक

ललितपुर, १० चैत/ जीवनको साढे आठ दशक माटोसँगै काट्नुभएका कालु कुमालेलाई अझै विश्राम लिन मन लागेको छैन । ८५ वर्षीया कुमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित धेरै मूर्ति बनाउनुभयो । हिजोआज पनि उहाँ दैनिक मूर्ति बनाइरहनुभएको छ । मूर्ति बनाउँदा–बनाउँदै मर्ने उहाँको रहर छ । केही समयपहिले मात्रै....
पुरा पढ्नुहोस »

नाटक महोत्सव

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा पोखरा थिएटरमा सुरु राष्ट्रिय नाटक महोत्सव २०७४ अन्तर्गत सरुभक्तद्वारा लिखित उच्च हिमाली परिवेशमा आधारित नाटक ʿथाङ्गलाʾ मा अभिनय गर्दै कलाकारहरु । तस्वीर : वासुदेव पौडेल, पोखरा,....
पुरा पढ्नुहोस »

बागलुङको पञ्चकोटमा पर्यटक

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा निर्मित हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा, बागलुङ,....
पुरा पढ्नुहोस »

घर-टहरा भत्काइदै

प्रदेश २ अस्थायी राजधानी जनकपुरलाई सौन्दर्यकरण गरि व्यवस्थित शहर बनाउनका लागि घर–टहरा भत्काइदै । एकीकृत शहरी बिकास आयोजना अन्तर्गत सडक बिस्तारका लागि जनकपुरको जनक चोकदेखी भानुचोक सम्म २९ फिट रहेको सो सडकलाई साढे ५२ फिट कायम गरिने भएको छ यस क्षेत्रका करिब दुई हजार घर–टहरा भत्काइने छन् । तस्वीर :....
पुरा पढ्नुहोस »

उपत्यकाबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १० चैत/ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली....
पुरा पढ्नुहोस »