Day: १० चैत्र २०७४, शनिबार १३:२९

क्षमताभन्दा बढी कैदी

बाजुरा, १० चैत/ बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ । कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना....
पुरा पढ्नुहोस »

नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिँदै

भक्तपुर, १० चैत/ नेपाललाई सन् २०३५ सम्ममा क्षयरोग मुक्त देश बनाउने सरकारले लक्ष्य लिएको छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुरुप नेपाललाई पनि क्षयरोग मुक्त देश बनाउन सरकारले लक्ष्य लिएको हो । नेपालमा हरेक वर्ष १० देखि १३ हजार क्षयरोगका बिरामी हराइरहेका छन् । ती....
पुरा पढ्नुहोस »

शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार

काठमाडौँ, १० चैत/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर....
पुरा पढ्नुहोस »

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

अबुजा, नाइजेरिया, १० चैतः नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ । हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बौची राज्यका पाँच ओटा जिल्लामा हैजाको प्रकोप फैलिएको छ । अहिलेसम्म झण्डै ३२४....
पुरा पढ्नुहोस »

राज्य सभाका २६ मध्ये १२ सिटमा भारतीय जनता पार्टी विजयी

नयाँदिल्ली, १० चैत/ भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भारतीय संसद्को माथिल्लो सदन (राज्य सभा)मा आफ्नो प्रभावलाई अझै बढाएको छ । शुक्रबार भएको निर्वाचनबाट भाजपाले सात प्रदेशका २६ सिटमध्ये १२ सिटमा विजयी भएकाले आफ्नो प्रभाव अझ बढाएको हो । भारतको सबैभन्दा ठूलो प्रदेशका रुपमा रहेको उत्तर....
पुरा पढ्नुहोस »

लालु यादवलाई १४ बर्ष जेल सजाय

राँची, झारखण्ड, १० चैत/ भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ । उहाँ सन् १९९० तिर सत्तामा रहेका समय....
पुरा पढ्नुहोस »

अन्तर कोरिया वार्ता अर्को हप्ता गर्न उत्तर कोरिया सहमत

सोल, १० चैत/ उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ । दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ । उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन-तीन जना....
पुरा पढ्नुहोस »

चर्चामा चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल

काठमाडौं, १० चैत/ हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यसपटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रुपमा अथ्र्याएका छन् भने आलोचकले प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको कदम भनेका छन् । यही मार्च ५ मा....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली लेखा व्यवसायीहरूको भेला, आइक्यान अमेरिका च्याप्टर बन्ने

दूरबिन नेपाल संवाददाता अमेरिका, २३ मार्च/ यहाँ रहेका चार्टड एकाउन्टेन्ट तथा लेखा व्यवसायमा आबद्ध नेपालीहरूको भेला शनिवार हुँदैछ । नेपालस्थित नेपाल चार्टर्ड एकाउन्टेन् संस्था (आइक्यान)को सदस्यता लिएका चार्टड एकाउन्टेन्ट तथा रजिष्टर्ड लेखा परिक्षकहरुको सहभागिता रहने भेला भर्जिनियामा हुन लागेको हो....
पुरा पढ्नुहोस »

चैते छठ समापन

जनकपुरधाम, १० चैत/ चैते छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजार्चना गरी पर्व समापन गर्ने परम्परा छ । वर्तालुले यहाँका इतिहासवर्णित गंगासागर र....
पुरा पढ्नुहोस »

कर्मचारी समायोजन ऐनअनुसार अवकाश माग

काठमाडौँ, १० चैत/ निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्र्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । यहाँ शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे । आधिकारिक ट्रेड यूनियनका अध्यक्ष....
पुरा पढ्नुहोस »

जिल्ला अस्पतालः १३ दरबन्दीमा २ मेडिकल अधिकृत मात्र

गाईघाट, उदयपुर, १० चैत/ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष चिकित्सकको दरबन्दी रिक्त रहेका कारण प्रभावकारी सेवा दिन नसकेको जिल्ला अस्पताल उदयपुरलाई तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताउनुभएको छ । शुक्रबार उदयपुर आइपुग्नुभएका उहाँलाई ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३....
पुरा पढ्नुहोस »

महाशिलाका जनप्रतिनिधिले अनिवार्य श्रम गर्नुपर्ने

फलेवास, पर्वत, १० चैत/ विकट महाशिला गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले अनिवार्य रुपमा श्रम गर्नुपर्ने भएको छ । ‘एक घर एक रोजगार’अन्तर्गत नियुक्त गर्न लागिएका ६०० स्वयंसेवक कार्यक्रममा जनप्रतिनिधिले पनि सहभागिता जनाउनुपर्ने भएको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको नियमित बैठकले गाउँपालिका....
पुरा पढ्नुहोस »

नगरपालिकाबाट विद्यालय समायोजन

रोल्पा, १० चैत/ नगरपालिकाले नगर शिक्षा ऐन पारित गरी कार्यान्वयन गर्न लागेको छ । ऐन पारित भएसँगै नगर क्षेत्रभित्रका विद्यालयको दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रियाको थालनी गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका ११ विद्यालय अन्य....
पुरा पढ्नुहोस »

धनगढीमा क्रिकेटको क्रेज, प्रदेश ७ क्रिकेटको उर्वरभूमि

धनगढी, १० चैत/ क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने ‘महामूर्ख’ भन्ने भनाइ चले पनि पछिल्लो समय बढेको क्रिकेटको ‘क्रेज’ले सो भनालाई गलत सावित....
पुरा पढ्नुहोस »