Day: ११ चैत्र २०७४, आईतवार २३:५२

आइक्यानको युएस च्याप्टर गठन

अमेरिका २४ मार्च/ अमेरिकामा चार्टड एकाउन्टेन्ट तथा लेखा व्यवसायमा आबद्ध नेपालीहरूको शनिवार भर्जिनियामा सम्पन्न भेलाले अमेरिकी कानुन अनुसार दर्ता भएको युएस च्याप्टर अफ आइक्यानको घोषणा गरेको छ । भेलामा नेपालस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान)को सदस्यता लिएका चार्टड एकाउन्टेन्ट तथा....
पुरा पढ्नुहोस »

इजरायली युद्धक विमानद्वारा गाजामा आक्रमण :सेना

जेरुसेलम, ११ चैत / प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ । इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, सेनाको हवाई आक्रमणमार्फत आतङ्कवादीको राफास्थित संगठनको सैन्य आधार....
पुरा पढ्नुहोस »

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

लण्डन, बेलायत, ११ चैत / विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने....
पुरा पढ्नुहोस »

अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन

वासिङटन, ११ चैत / अमेरिकाको वासिङटन डिसीमा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै शनिबार हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए....
पुरा पढ्नुहोस »

जेलभित्र झडप, चार कैदीको मृत्यु

लापाज, ११ चैत / बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ । सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो । यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी....
पुरा पढ्नुहोस »

इराकी हिंसामा नौ जना मारिए

बग्दाद, ११ चैत / इराकको किर्कुक र दियाला प्रान्तमा शनिबार भएका छुट्टा छुट्टै दुई आकस्मिक हिंसात्मक घटनामा परी नौ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाँच जना अर्धसैन्य बल हसद साबीका लडाकू र अरु चारजना आमनागरिक रहेको सुरक्षा अधिकारीले जनाएका छन् । किर्कुकमा हसद साबीका पाँच जना लडाकूको शव भेटिएको....
पुरा पढ्नुहोस »

पेरुका पूर्वराष्ट्रपतिलाई देश छोड्न बन्देज

लिमा, ११ चैत / पेरुको न्यायिक निकायका अधिकारीहरुले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन कार्लोस....
पुरा पढ्नुहोस »

उत्तर कोरिया संसारकै लागि त्रास– पूर्व राष्ट्रपति ओबामा

टोकियो, ११ चैत /  उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ । जापानको भ्रमणमा रहनुभएका....
पुरा पढ्नुहोस »

कम्बोडियाका उपप्रधानमन्त्रीद्वारा तिलौराकोटको अवलोकन

जितपुर, कपिलवस्तु, ११ चैत /कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आज प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ । उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन्....
पुरा पढ्नुहोस »

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, ११ चैत / विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै....
पुरा पढ्नुहोस »

निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

विराटनगर, ११ चैत / अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उहाँले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि रु १४ खर्व आवश्यक....
पुरा पढ्नुहोस »

राप्रपाले युवालाई उत्पादन र केन्द्रीय नेतृत्वमा ल्याउने

काठमाडौँ, ११ चैत / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका....
पुरा पढ्नुहोस »

सेतो मच्छेन्द्रनाथ रथ यात्रा

काठमाडौँ, ११ चैत / चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा शुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आज तानेर असनसम्म पु¥याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म....
पुरा पढ्नुहोस »

विपद् जोखिम न्यूनीकरण ऐन कार्यान्वयनको माग

काठमाडौँ, ११ चैत / विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयन शुरु नगरे प्रकोपजन्य घटनाको क्षति कम गर्न नसकिनेमा जोड दिइएको छ । हिमालय कञ्जरभेसन ग्रुप नेपालले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले वातावरण संरक्षण परिषद्को अवस्थामा ऐनमा व्यवस्था गरिएको विपद् जोखिम....
पुरा पढ्नुहोस »

पिपल्स हाइड्रोले चीनबाट रु नौ अर्ब लगानी भित्र्याउँदै

काठमाडौँ, ११ चैत / पिपल्स हाइड्रो लिमिटेडले चीनबाट रु नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न....
पुरा पढ्नुहोस »