Day: १२ चैत्र २०७४, सोमबार १६:०६

साठी रूसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ चैत / विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ । अमेरिकाले यसै सन्दर्भमा सिटलस्थित रूसी....
पुरा पढ्नुहोस »

कारबाहीमा आठ आतङ्ककारी मारिए

कुन्दुज, अफगानिस्तान, १२ चैत / अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने ताख्हार प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित अफगान सुरक्षा बलले गरेको कारबाहीमा परी कम्तीमा आठ आतङ्ककारी मारिएका छन् । कुन्दुजको उत्तरी क्षेत्रका सेनाका प्रवक्ता गुलाम हज्रात कारीमीले सोमबार सो....
पुरा पढ्नुहोस »

‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत / रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय....
पुरा पढ्नुहोस »

लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

काठमाडौँ, १२ चैत / हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी....
पुरा पढ्नुहोस »

मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

पोखरा, १२ चैत / प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक....
पुरा पढ्नुहोस »

उपराष्ट्रपति स्वागत समारोहमा

काठमाडौँ, १२ चैत / उपराष्ट्रपति नन्दबहादुर पुन बंगलादेशको ४७ औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक....
पुरा पढ्नुहोस »

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १२ चैत / धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम....
पुरा पढ्नुहोस »

खुटिया–दिपायल दु्रत मार्ग केन्द्रीय योजनामा समावेश गर्न पहल

कैलाली, १२ चैत / प्रदेश नंं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले ल्याउने बजेटमा खुटिया स्याउले– दिपायल दु्रत मार्गलाई राष्ट्रिय गौरबको योजनामा समावेश गर्न पहल भइरहेको बताउनुभएको छ । धनगढी–स्याउले– दिपायल सडक संघर्ष समितिले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री भट्टले २०६६....
पुरा पढ्नुहोस »

अध्यक्ष राणाले लगानी वृद्धि गर्न आग्रह गर्ने

काठमाडौँ, १२ चैत / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उहामँको भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटको कार्यक्रम तय गरिएको....
पुरा पढ्नुहोस »

पहिलो थ्रीडी चलचित्रघर

काँकडभिट्टा, १२ चैत / स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’स्थापना भएको छ । बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा वातानुकूलितयुक्त छ । हलका सञ्चालक प्रज्ज्वल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत....
पुरा पढ्नुहोस »

मेडिकल कलेजले एक करोड ५० लाख तिरेन

चितवन, १२ चैत / कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ । भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो....
पुरा पढ्नुहोस »

जुटमिल बचाउन ज्ञापनपत्र

विराटनगर, १२ चैत / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई विराटनगरस्थित जुटमिल बचाउन माग गर्दै ‘जुटमिल्स बचाउ अभियान’ समितिले आज ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्रीको कार्यालयमा पुगेको समितिका टोलीले विभिन्न नाममा जुट मिल्स सञ्चालक समितिले यहाँको सम्पत्तिको दोहन गरिरहेको उल्लेख गर्दै जुटमिल....
पुरा पढ्नुहोस »

प्रदेश राजधानी एवं नामाङ्कनका लागि समिति गठन

पोखरा, १२ चैत / प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले गरेको प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि गठित समितिका सदस्यको नामसहितको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो । समितिका सदस्यमा धनञ्जय दवाडी,....
पुरा पढ्नुहोस »

अदालतलाई प्रविधिमैत्री बनाइने

दमौली, तनहुँ, १२ चैत / कामु प्रधानन्यायाधीश ले अदालतबाट हुने काम कारबाहीलाई प्रविधिमैत्री बनाइने तयारी भइरहेको बताउनुभएको छ । तनहुँ जिल्ला अदालतले सोमबारदेखि सञ्चालनमा ल्याएको ‘भिडियो कन्फरेन्स’ सेवाको शुभारम्भ गर्दै उहाँले न्याय सम्पादनलाई छिटो, छरितो बनाउन नयाँनयाँ प्रविधिले सहयोग पु¥याउने....
पुरा पढ्नुहोस »

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

विराटनगर, १२ चैत ९ / प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा प्रदेश प्रमुख....
पुरा पढ्नुहोस »