Day: १३ चैत्र २०७४, मंगलवार १६:११

इयू सदस्य राष्ट्रद्वारा ग्रीसको ५.७ अर्ब यूरो दिने

ब्रसेल्स, बेल्जियम, १३ चैत / यूरोपेली यूनियन (इयू)का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् । कारोबारको माध्यम यूरो बनाएका इयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन विभिन्न दिन सहमत किस्तामध्येको यो पहिलो किस्ता हो....
पुरा पढ्नुहोस »

अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ

क्यानबेरा, १३ चैत / अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी....
पुरा पढ्नुहोस »

४७ तोला सुनसहित चार पक्राउ

काठमाडौँ, १३ चैत / महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, सिरहाका रामपुकार महतो र धनुषाका....
पुरा पढ्नुहोस »

अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन : शिक्षामन्त्री

काठमाडौँ, १३ चैत / शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताउनुभएको छ । समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग आज शिक्षामन्त्री पोखरेलले भन्नुभयो –“शिक्षा ऐनको....
पुरा पढ्नुहोस »

तेस्रो दक्षिण एसियाली आर्चरीमा बंगलादेश प्रथम

काठमाडौँ, १३ चैत / बंगलादेशमा सम्पन्न तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सीपमा आयोजक बंगलादेश १२ पदकका साथ पहिलो भएको छ । ढाकास्थित बिकेएसपी कम्पाउन्डमा भएको खेलमा बंगलादेश छ स्वर्ण, पाँच रजत र एक कास्यसहित कुल १२ पदकका साथ पहिलो भयो । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्यका साथ कुल १२ पदक....
पुरा पढ्नुहोस »

अनशनरत अस्थायी शिक्षक र विद्यार्थीसँग वार्ता गर्न समिति गठन

काठमाडौँ, १३ चैत / शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसँग वार्ता गर्न शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबमोजिम गठित समितिको सदस्यमा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल र....
पुरा पढ्नुहोस »

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा

काठमाडौँ, १३ चैत / एक दशकपछि काठमाडौँ उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ....
पुरा पढ्नुहोस »

जलवायु वित्तसम्बन्धी तीन प्रकाशन सार्वजनिक

काठमाडौँ, १३ चैत / जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धी ‘जलवायु परिवर्तन वित्तीय ढाँचा’, ‘ग्रीन क्लाइमेट फन्ड’ र....
पुरा पढ्नुहोस »

मस्यौदा समितिको सभापतिमा मेघी गुरुङ

काठमाडौँ, १३ चैत / राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ चयन हुनुभएको छ । नियमावली मस्यौदा समितिको आज बसेको बैठकले गुरुङलाई सभापति चयन गरेको हो । उहाँ नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । नौ सदस्यीय उक्त समितिले बैठक सञ्चालन मापदण्डसमेत पारित गरेको छ ।....
पुरा पढ्नुहोस »

साझेदारी वन व्यवस्थापन योजना कार्यान्वयनले सकारात्मक परिणाम

जनकपुरधाम, १३ चैत / साझेदारी वन व्यवस्थापन योजना कार्यान्वयनले मध्यतराईका जिल्लामा सकारात्मक परिणाम देखा परेको जनाइएको छ । आजदेखि यहाँ शुरू भएको साझेदारी वनको दोस्रो कार्यशाला गोष्ठीका अवसरमा सो जानकारी दिइएको हो । वन विभागद्वारा आयोजित सो कार्यशाला गोष्ठीमा साझेदारी वन व्यवस्थापन योजनाको....
पुरा पढ्नुहोस »

बम निस्क्रिय

ताप्लेजुङ, १३ चैत / जिल्ला अदालत ताप्लेजुङ परिसरमा आज दिउँसो प्रेसरकुकर बम फेला परेको छ । अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान....
पुरा पढ्नुहोस »

श्रमजीवी पत्रकारले नाम, काम र दाम उल्लेख भएको नियुक्तिपत्र पाउनुपर्ने

विराटनगर, १३ चैत / सरकार र गैरसरकारी संघसंस्थाले सञ्चारगृहलाई छुट्याएको सम्पूर्ण रकम पाउनुपर्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघद्वारा संयुक्तरुपमा आयोजित ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तक्रिया....
पुरा पढ्नुहोस »

प्रवलीकरणको विशेष अभियान सञ्चालन गरिने

काठमाडौँ, १३ चैत / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरको प्रवलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो । हालसम्म....
पुरा पढ्नुहोस »

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान खोल्ने सरकारको तयारी

काठमाडौँ, १३ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ । मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई विश्वविद्यालयमा रुपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान....
पुरा पढ्नुहोस »

सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

पोखरा, १३ चैत / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गरिएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा....
पुरा पढ्नुहोस »