Day: १४ चैत्र २०७४, बुधबार १९:२४

सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा …

भक्तपुर, १४ चैत/ पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस । गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल । नीलो सफा पानी....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र....
पुरा पढ्नुहोस »

गोरीकला मृत्यु प्रकरणका तीन अभियुक्त सार्वजनिक

सुर्खेत, १४ चैत/ पञ्चपुरी नगरपालिका विद्याज्योति मावि बाबियाचौर सुर्खेतबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेकी १८ वर्षीया गोरीकला रोकायको मृत्युको घटनामा संलग्न तीन अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अभियुक्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भई....
पुरा पढ्नुहोस »

भारतीय पक्षले एकपक्षीय पुल लगायो

दार्चुला, १४ चैत/ भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ । व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काए पछि फेरी पुल लगाएर नेपाली भुमि मिच्न खोजेको छ । व्यासका २ दुम्लिङ्गका....
पुरा पढ्नुहोस »

सरकारद्वारा ८९ दिन सार्वजनिक बिदा कायम

काठमाडौँ, १४ चैत/ सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि....
पुरा पढ्नुहोस »

कर्मचारी दरबन्दी स्वीकृत

काठमाडौँ, १४ चैत/ सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह(७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल....
पुरा पढ्नुहोस »

कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

काठमाडौँ, १४ चैत/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ । मन्त्रालयको आज बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी....
पुरा पढ्नुहोस »

ईन्द्रावती नदीको अनुगमन

ईन्द्रावती नदीको बहावसंगै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमान हेरफेर भएपछि दुई जिल्लाबीच सिमाना कायम गर्ने विषयमा विवाद बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा, वडाअध्यक्षहरु पत्रकार र स्थानीयबासिन्दाहरुले बुधवार स्थलगत अनुगमन गर्दै । स्बिर : पेमा....
पुरा पढ्नुहोस »

छानविन समिति गठनपछि अनशन तोडियो

नुवाकोट, १४ चैत/ नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भएका आर्थिक अनियमितता छानविनको माग राखेर आमरण अनशन शुरु गर्नुभएका सँस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले पहिलो दिन बुधबार नै अनशन तोड्नुभएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको राजीनामा तथा क्याम्पसमा भएका आर्थिक अनियमितता र गत....
पुरा पढ्नुहोस »

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

काठमाडौँ, १४ चैत/ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले....
पुरा पढ्नुहोस »

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

दामसकस, १४ चैतः सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन् । विद्रोहीहरुको नियन्त्रणमा रहेकाले सो ठाउँ उनीहरुले छाडेका राज्यद्धारा संचालित समाचार संस्था सानाले बुधबार जनाएको छ । सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै सानाले संप्रेषण गरेको....
पुरा पढ्नुहोस »

कुवेतमा गत वर्ष भएको सडक दुर्घटनामा ४२८ को मृत्यु

कुवेत सिटी, १४ चैतः कुवेतमा गत बर्ष अर्थात सन् २०१७ भरी भएका सडक दुर्घटनामा परी करिब चार सय २८ जनाको मृत्यु भएको छ । कुवेती ट्राफिक विभागले वर्षभरीमा ७१ हजार १६१ ओटा दुर्घटना भएको पनि जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार मृत्यु भएका चार सय २८ जना मध्ये १७७ जना कुवेती....
पुरा पढ्नुहोस »

अमेरिका र मेक्सिकोबीच सीमा व्यापार र सुरक्षासम्बन्धी सम्झौता हुने

मेक्सिको, १४ चैत/ संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनुभएको छ । उहाँको हालै सम्पन्न मेक्सिकोको भ्रमणपछि सो विषयमा सम्झौता गर्न उहाँ सहमत हुनुभएको सो समाचारमा जनाइएको छ । मन्त्री....
पुरा पढ्नुहोस »

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

बेइजिङ, १४ चैत्रः मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार....
पुरा पढ्नुहोस »

प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन

पोखरा, १४ चैत/ प्रदेश नं ४ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ । बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले समितिको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहनुभएको बताउनुभयो । त्यस्तै समितिका सदस्यमा भूमि....
पुरा पढ्नुहोस »