Day: १५ चैत्र २०७४, बिहीबार १५:४५

दोषीमाथि कारवाहीको माग

नेपाल कम्युनिस्ट पार्टी निकटको अनेरास्ववियू क्रान्तिकारीले सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या गरेको भन्दै दाङमा गरिएको प्रदर्शन । दाङका मुख्य बजारहरु, तुलसीपुर र घोराहीमा क्रान्तिकारीले दोषीलाई कारवाहीको माग गर्दै बिहीबार प्रदर्शन गरेको हो । तस्वीर ः बालाराम खड्का, दाङ,....
पुरा पढ्नुहोस »

स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने

काठमाडौँ १५ चैत / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक....
पुरा पढ्नुहोस »

भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक स्थापना

नयाँ दिल्ली, १५ चैत / भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरी निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन् । राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था,इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट....
पुरा पढ्नुहोस »

त्रिपोलीका नगर प्रमुख अज्ञात समूहद्वारा अपहरित

त्रिपोली, लिबिया, १५ चैत / लिबियाको त्रिपोली शहरका नगर प्रमुख अब्द्राउफ वाइटेलमाललाई बिहीबार एक अज्ञात समूहले अपहरण गरेको छ । वाइटेलमालको कार्यालयले दिएको जानकारी अनुसार केही अपरिचित व्यक्तिको एक समूहले विहानै घर घेरा हाली अपहरण गरेर लगेका जनाएको छ । नगर परिषद् सदस्य तथा मध्य त्रिपोलीका....
पुरा पढ्नुहोस »

अल सिसी पुनः इजिप्टको राष्ट्रपति निर्वाचित :स्थानीय सञ्चारमाध्यम

काएरो, इजिप्ट, १५ चैत /  इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित बन्नुभएको छ । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् । राष्ट्रपतिका लागि सोमबार शुरु भएको....
पुरा पढ्नुहोस »

किमको चीन भ्रमण सकारात्मक– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १५ चैत / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भन्नुभएको छ । उहाँले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभएको हो । उहाँले आफ्नो ट्वीट अकाउन्टमा....
पुरा पढ्नुहोस »

मलाला पाकिस्तानमा

इस्लामावाद, १५ चैत / सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल हुनुभएको थियो । हाल उहाँले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिहनुभएको छ । उहाँलाई....
पुरा पढ्नुहोस »

भेनेजुएलाको कारागारमा झडप र आगलागीमा ६८ जनाको मृत्यु

काराकस, १५ चैत /  भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा....
पुरा पढ्नुहोस »

जिसस प्रमुखका लागि मासिक रु ४१ हजार पारिश्रमिक प्रस्ताव

बुटवल, १५ चैत / प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिका लागि प्रदेश सरकारले पारिश्रमिकसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको....
पुरा पढ्नुहोस »

प्रादेशिक प्रहरी भर्नाको तयारी

पर्सा, १५ चैत / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिनुभएको छ । दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले संघीय सरकारको....
पुरा पढ्नुहोस »

नयाँ शैक्षिकसत्रमा आवश्यक पर्ने पाठ्यपुस्तकबारे दुईथरी तथ्याङ्क

काठमाडौँ, १५ चैत / आगामी शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड ८३ लाख थान पाठ्यपुस्तक भए पुग्ने अनुमान गरेको तथा....
पुरा पढ्नुहोस »

कानून निर्माणमा प्रदेशलाई प्राथमिकता

काठमाडौँ, १५ चैत / विधेयक तयारी सहजीकरण समितिले प्रदेश कानूनको नमूना तयार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको छ । नेपालको संविधानानुसार संघीय संरचनामा मुलुक प्रवेश गरेर सात प्रदेश गठन भई सरकार बनिसकेको तर कानुनको अभावमा काम गर्न कठिनाइ भएको हुँदा समितिले पहिलो प्राथमिकतामा....
पुरा पढ्नुहोस »

आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी

काठमाडौँ, १५ चैत / उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक स्थायित्वसँगै स्थायी सरकार बनेकाले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँग आज भएको सामूहिक भेटमा उहाँले....
पुरा पढ्नुहोस »

प्रदेश ५ः राजधानीबारे गृहकार्य गर्नुपर्नेमा जोड

रुपन्देही, १५ चैत / प्रदेश नं ५ का प्रदेशसभा सदस्यले स्थानीय तहको सेवासुविधादेखि जातीय विभेदका विषय उठाउँदै प्रदेश नं ५को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा गृहकार्य गरिनुपर्ने बताउनुभएको छ । आजको बैठकको शून्य समयमा कपिलवस्तुका प्रदेश सदस्य विष्णु पन्थीले मुख्यमन्त्रीदेखि प्रदेशसभाका....
पुरा पढ्नुहोस »

विश्वशान्ति र समृद्धिका लागि योगदान गरौँ : राष्ट्रपति

काठमाडौँ, १५ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो ।....
पुरा पढ्नुहोस »