Day: १६ चैत्र २०७४, शुक्रबार १९:१९

नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत/ नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५:१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला, छाती र....
पुरा पढ्नुहोस »

बेलायतलाई कूटनीतिक अधिकारीको सङ्ख्या समान बनाउन रूसको आग्रह

मस्को, रूस, १६ चैत / रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ । पूर्व विदेशमन्त्री सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ बर्षीया छोरीको बेलायतमा रूसद्वारा गरेको हत्याप्रयासपछि बेलायत, अमेरिका लगायत केही यूरोपेली मुलुकले रूसविरुद्ध लिएको....
पुरा पढ्नुहोस »

म्यानमारका नवनिर्वाचित राष्ट्रपतिद्वारा मन्त्रीमण्डलको पुनर्गठन

याङ्गोन, म्यानमार, १६ चैत / म्यानमारका नवनिर्वाचित राष्ट्रपति यू विन मिन्टले शुक्रबार यहाँको मन्त्रीमण्डलको पुनर्गठन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ । नयाँ मन्त्रीहरूमा आङ....
पुरा पढ्नुहोस »

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

लागोस,नाइजेरिया / नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो ।....
पुरा पढ्नुहोस »

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी क्षेत्र, १६ चैत / इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन् । सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण....
पुरा पढ्नुहोस »

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

दमासकस, १६ चैत / सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ । उनीहरुले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ....
पुरा पढ्नुहोस »

रुसले पनि निकाल्यो अमेरिकी कूटनीतिज्ञ

मस्को, १६ चैत / संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ....
पुरा पढ्नुहोस »

दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

वासिङ्टन, १६ चैत / उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ । यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता....
पुरा पढ्नुहोस »

साम्राज्ञी शाहलाई सम्मान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौँमा शुक्रबार आयोजित दोस्रो ‘फान अवार्ड २०७३’ मा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

पर्यटनमन्त्रीका सय दिनमा सय बढी काम

काठमाडौँ, १६ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि....
पुरा पढ्नुहोस »

अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री

काठमाडौँ, १६ चैत / अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएको छ । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गर्नुभयो....
पुरा पढ्नुहोस »

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत / प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो....
पुरा पढ्नुहोस »

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर, १६ चैत / शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर....
पुरा पढ्नुहोस »

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

काठमाडौं, १६ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी....
पुरा पढ्नुहोस »

महासंघको स्थापना दिवस– नौ पूर्वसभापतिको सम्मान

काठमाडौँ, १६ चैत ९ / नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल,....
पुरा पढ्नुहोस »