मुख्य समाचार

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, १७ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ । आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा....
पुरा पढ्नुहोस »

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी, मोरङ, १७ चैत तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय....
पुरा पढ्नुहोस »

पर्यटनमन्त्रीका सय दिनमा सय बढी काम

काठमाडौँ, १६ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि....
पुरा पढ्नुहोस »

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत / प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो....
पुरा पढ्नुहोस »

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर, १६ चैत / शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर....
पुरा पढ्नुहोस »

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

काठमाडौं, १६ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी....
पुरा पढ्नुहोस »

महासंघको स्थापना दिवस– नौ पूर्वसभापतिको सम्मान

काठमाडौँ, १६ चैत ९ / नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ । सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल,....
पुरा पढ्नुहोस »

तीन सन्तान विदेशमै गुमे : दैव पनि हाम्रा लागि कति कठोर भैदियो

बेनी, म्याग्दी, १६ चैत / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने....
पुरा पढ्नुहोस »

स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने

काठमाडौँ १५ चैत / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक....
पुरा पढ्नुहोस »

जिसस प्रमुखका लागि मासिक रु ४१ हजार पारिश्रमिक प्रस्ताव

बुटवल, १५ चैत / प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिका लागि प्रदेश सरकारले पारिश्रमिकसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको....
पुरा पढ्नुहोस »

आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी

काठमाडौँ, १५ चैत / उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक स्थायित्वसँगै स्थायी सरकार बनेकाले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँग आज भएको सामूहिक भेटमा उहाँले....
पुरा पढ्नुहोस »

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

काठमाडौँ, १५ चैत / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर....
पुरा पढ्नुहोस »

प्रदेश मन्त्रिपरिषद्को बैठकद्वारा विधेयक स्वीकृत

धनगढी, १५ चैत / प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक....
पुरा पढ्नुहोस »

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

महेन्द्रनगर, धनुषा, १५ चैत / धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र....
पुरा पढ्नुहोस »