Month: १७ बैशाख २०७५, सोमबार १५:४४

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, मारिनेमा तीन जना पत्रकार

काबुल, १७ वैशाख / अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम हमलामा परी अरु २७ जना नराम्ररी घाइते भएका बताइएको छ । सो विस्फोटमा आत्मघाती पनि दुई जना मारिएका छन् । उनीहरुको....
पुरा पढ्नुहोस »

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ वैशाख /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गर्नुभएको छ । ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर....
पुरा पढ्नुहोस »

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता, १७ वैशाख / फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था....
पुरा पढ्नुहोस »

आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १६ वैशाख / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता....
पुरा पढ्नुहोस »

बालविवाहविरुद्ध सयदिने अभियान मंगलबारदेखि

काठमाडौँ, १७ वैशाख / बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ । सिआइएनका प्रमुख दीपक....
पुरा पढ्नुहोस »

मुलुकलाई एकदलीय अधिनायकवादमा जान दिइँदैनः सभापति देउवा

धनगढी, १७ वैशाख / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर....
पुरा पढ्नुहोस »

एसओएस बालग्रामद्वारा विद्यालय भवन हस्तान्तरण

बनेपा, १७ वैशाख / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ पर्खालचौरस्थित शान्ति निकेतन माविको नवनिर्मित विद्यालय भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गरेका दातृ संस्था एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ....
पुरा पढ्नुहोस »

सञ्चयकोषको साँवाब्याज नियमित गर्न आग्रह

काठमाडौँ, १७ वैशाख / कर्मचारी सञ्चय कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ । घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो....
पुरा पढ्नुहोस »

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई

मंगलबारे, इलाम, १७ वैशाख / यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ । आज भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा....
पुरा पढ्नुहोस »

आन्तरिक रोजगारीका अवसरलाई सिर्जना गरिने

(भोलि वैशाख १८ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, १८ वैशाख / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संविधानप्रदत्त श्रमिकका अधिकारको रक्षा र कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री विष्टले अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा आज जारी....
पुरा पढ्नुहोस »

दुई विधेयकको मस्यौदा स्वीकृत

सुर्खेत, १७ वैशाख / कर्णाली प्रदेश सरकारले दुई विधेयकको मस्यौदा स्वीकृत गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी दुई विधेयकको मस्यौदा स्वीकृत गरेको हो । बैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा....
पुरा पढ्नुहोस »

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : वष्ठि नेता नेपाल

रुकुम, १७ वैशाख / नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताउनुभएको छ । दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उहाँले....
पुरा पढ्नुहोस »

राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा....
पुरा पढ्नुहोस »

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : प्रम

रुपन्देही, १७ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने....
पुरा पढ्नुहोस »

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

पोखरा, १७ वैशाख / सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा....
पुरा पढ्नुहोस »