Day: १८ चैत्र २०७४, आईतवार १५:५३

पूर्व क्याटलोनियाली नेता पुज्डमोनको रिहाइका माग गर्दै बर्लिनमा जुलुस

बर्लिन, जर्मनी, १८ चैत / स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्र्स पुज्डमोनको रिहाइको माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौँको सङ्ख्यामा उहाँका समर्थकले प्रदर्शन गरेका छन् । उहाँलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता....
पुरा पढ्नुहोस »

दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

श्रीनगर, काश्मिर, १८ चैत / दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ । उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ । झडपका बिषयमा जानकारी दिन सेना,....
पुरा पढ्नुहोस »

कारागारमा भएको आगलागीको अनुसन्धानका लागि

काराकास, १८ चैत / भेनेजुयलाको एउटा कारागारमा भएको आगलागीबारे अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा लिइएको छ । देशका महान्यायाधिवक्ताले घटनासँग सम्वन्धित पाँचजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको शनिबार जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयले घटनाका दोषी पत्ता लगाई....
पुरा पढ्नुहोस »

पाकिस्तानमा मलालाका लागि कडा सुरक्षा व्यवस्था

इस्लामावाद, १८ चैत / नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उहाँ हाल पाकिस्तान हुनुहुन्छ । उहाँ आफ्नो गृहनगर पुग्ने पनि....
पुरा पढ्नुहोस »

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल, १८ चैत / दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ । अमेरिकी....
पुरा पढ्नुहोस »

भारतसँग सहकार्य आवश्यकः अध्यक्ष यादव

राजविराज, १८ चैत / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको विकासका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । संघीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने भएकाले अब नेपालमा संघीयताबाहेकको विकल्प....
पुरा पढ्नुहोस »

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

काठमाडौँ, १८ चैत / संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास....
पुरा पढ्नुहोस »

देशले चाहेमा संविधान परिवर्तन गर्न सकिने : प्रधानमन्त्री ओली

वीरगञ्ज, १८ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टर गठन

विराटनगर, १८ चैत / नेपाल–भारतका पत्रकारबीच सूचनाको आदानप्रदान, हकहितका लागि अन्तर्राष्ट्रिय प्रेस क्लब नेपाल च्याप्टरअन्र्तगत ‘इन्टरनेशनल प्रेस क्लब नेपाल च्याप्टर’ गठन भएको छ । नेपाल र भारतका पत्रकारको समन्वयमा उक्त क्लब गठन भएको हो । पत्रकार हिरालाल साहको अध्यक्षमा प्रदेश नं १ र २ पत्रकारलाई....
पुरा पढ्नुहोस »

ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या

काठमाडौँ, १८ चैत / वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । आज साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि....
पुरा पढ्नुहोस »

आगलागीबाट १६ घर नष्ट

इनरुवा, १८ चैत / सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी....
पुरा पढ्नुहोस »

तीन महिनापछि सात स्थानमा इन्टरनेट सुविधा

काठमाडौँ, १८ चैत / आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् । कामपामा आज यहाँ आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक....
पुरा पढ्नुहोस »

बाँकेका स्थानीय पालिकामा स्वास्थ्यको बजेट खर्च हुन सकेन

बाँके, १८ चैत / स्थानीय पालिकाले स्वास्थ्यका लागि विनियोजन गरेको खर्च गर्न नसकेको देखिएको छ । कूल बजेटको निकै कम मात्र बजेट स्वास्थ्यका लागि खटिएको भए पनि स्थानीय पालिका र त्यहाँ खटिएका स्वास्थ्यकर्मीबीचको आपसी समन्वयका कारण चालु आवको आठ महिना सकिन लाग्दासमेत हालसम्म २० देखि ३० प्रतिशत मात्र बजेट....
पुरा पढ्नुहोस »

त्रिशूली अस्पतालमा आगलागी

त्रिशूली, नुवाकोट, १८ चैत / त्रिशूली जिल्ला अस्पतालको दन्त विभागमा आज आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज अपराह्न अस्पतालको दन्त विभागमा करेन्ट सर्ट भएर लागि भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु २२ लाख भन्दा धेरैको क्षति भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा विवेक केसीले बताउनुभयो । आगलागीबाट....
पुरा पढ्नुहोस »

कारागारभित्रको विकृति अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १८ चैत / गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिनुभएको छ । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो....
पुरा पढ्नुहोस »