Day: २३ चैत्र २०७४, शुक्रबार १३:४६

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

ललितपुर, २३ चैत /  राष्ट्रिय मानव अधिकार आयोगले आउँदो सोमबारबाट काठमाडौंमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गरी दण्डहिनताको अन्त्य, मानव अधिकार उपयोगको सुनिश्चितता सम्बन्धमा सम्मेलनमा छलफल हुने जनाएको छ । दक्षिण एशियाली राष्ट्रहरूमा देखिएका....
पुरा पढ्नुहोस »

पैतालिस तालिबान लडाकूद्वारा आत्मसमर्पण

सरिपुल, अफगानिस्तान, २३ चैत / अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने सरीपुल प्रान्तमा ४५ तालिवान लडाकूहरूले आत्मसमर्पण गरेका छन् । उनीहरूले आक्रमणका लागि प्रयोग गर्ने विभिन्न हातहतियारहरू पनि सरकारी सुरक्षाकर्मीलाई बुझाएको सुरक्षा अधिकारीले शुक्रबार बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार,....
पुरा पढ्नुहोस »

गाजामा हजारौँ प्यालेस्टिनीको प्रदर्शन

गाजा सिटी, २३ चैत / शुक्रबार इजरायल र गाजा शहरको सीमामा रहेको गाजा सिटीमा दशौँ हजार प्यालेस्टिनी जम्मा भएर विरोध प्रदर्शन गरेका छन् । इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भएको एक हप्तापछि आज सो प्रदर्शन गरेका हुन् । इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको....
पुरा पढ्नुहोस »

इराकी हिंसामा १० जना मारिए

बग्दाद, २३ चैत / इराकको किर्कुक र दियाला प्रान्तमा बिहीबार साँझ भएका दुई वटा आकस्मिक हिंसात्मक घटनामा परी १० जनाको मृत्यु भएको छ । यी मारिएकामा हसद साबीका छजना लडाकूको शव भेटिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुलाई बन्दुकधारीहरुले केही दिन अघिमात्र अपहरण गरेका थिए । मारिएकामा ती....
पुरा पढ्नुहोस »

ट्र्याक्टर नहरमा खस्दा नौ महिलाको मृत्यु

नयाँदिल्ली, २३ चैत /  दक्षिणी भारतीय राज्य तेलङ्गानामा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामा सबैजना महिला रहेका छन् । यात्रु बोकेको एउटा ट्र्याक्टर नहरमा खस्दा भएको दुर्घटनामा परी नौ महिलाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका प्रहरी स्रोतले....
पुरा पढ्नुहोस »

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत / दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँलाई २४....
पुरा पढ्नुहोस »

खाद्य संस्थान कर्मचारी युनियनको अधिवेशन

काठमाडौँमा शुक्रबार आयोजित नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११औं केन्द्रिय अधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलगायत । तस्वीर ः प्रदीपराज वन्त,....
पुरा पढ्नुहोस »

सार्वजनिक सेवा कर्मचारी संघको महाधिवेशन

काठमाडौँमा शुक्रबार आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत । तस्वीर ः नवीन पौडेल,....
पुरा पढ्नुहोस »

तुलसीपुरमा प्यारा टेवलटेनिस

तुलसीपुरमा शुक्रबारदेखि शुरु भएको जिल्ला स्तरीय अपाङ्ग (प्यारा) टेवल टेनिस प्रतियोगिताका सहभागीहरु । दाङमा पहिलो पटक भएको यस खेल ह्वील चियर र स्ट्याण्डीङ विधामा हुनेछ । तस्वीर ः बालाराम खड्का, दाङ,....
पुरा पढ्नुहोस »

लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ

मलेखु, धादिङ, २३ चैत / प्रतिबन्धित लागूऔषध चरेश लुकाइछिपाइ काठमाडौँबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ । प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत....
पुरा पढ्नुहोस »

कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई

काठमाडौँ, २३ चैत / नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहनुभएकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री नयाँदिल्लीमा

नयाँदिल्ली, २३ चैत / प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रि«य विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गर्नुभयो । नयाँदिल्लीस्थित नेपाली....
पुरा पढ्नुहोस »

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

रत्ननगर, चितवन, २३ चैत /  चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । मुख्यगरी राति....
पुरा पढ्नुहोस »

प्रम ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

नयाँदिल्ली, २३ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली....
पुरा पढ्नुहोस »

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

काठमाडौँ, २३ चैत / नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा....
पुरा पढ्नुहोस »