Day: २४ चैत्र २०७४, शनिबार २३:१८

नेपाल डायरी १ : स्थानीय सरकार

यसपाली अमेरिकाबाट जनवरी ७ (पौष २३), आइतबार नेपाल झरेको लामै बसाइ भयो । यो लामो बसाइमा काठमाडौँ, बिराटनगर, इटहरी, र गृह नगरपालिका रंगेली घुम्ने अवसर मिल्यो । ७ महिना अगाडी आउँदा र अहिले आउँदा प्रतिनिधि सभा, प्रदेश सभा, र विशेषतः: स्थानीय निकायको निर्वाचनले गर्दा शहर देखि गाउँ-गाउँमा धेरै परिवर्तन देखियो....
पुरा पढ्नुहोस »

वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता

फलेवास, पर्वत, २४ चैत/ पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा....
पुरा पढ्नुहोस »

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली, २४ चैत/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी....
पुरा पढ्नुहोस »

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, २४ चैत/ टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग....
पुरा पढ्नुहोस »

आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने

बाजुरा २४, चैत/ बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक....
पुरा पढ्नुहोस »

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन: महत

चितवन, २४ चैत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उहाँले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता....
पुरा पढ्नुहोस »

लामो बाटो कि बाख्रोपाठो पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा

पोखरा, २४ चैत/ आर्थिक अभावका कारण पारिवारिक गर्जोटार्न र साहुबाट लिएको ऋण तिर्नका लागि जनजीब्रोमा झुण्डिने “लामो बाटो की बाख्रो पाठो” भन्ने पुख्र्यौली उखानलाई यहाँका एक युवाले चरितार्थ गरिदिएका छन् । विदेशको सट्टा गाउँ घरमै बसेर बाख्रापाल्न शुरु गरेका पोखरा लेखनाथ महानगरपालिका– २० मौजा आँटीघरका....
पुरा पढ्नुहोस »

प्रसारण लाइन अलपत्र

चरिकोट, २४ चैत/ सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ । दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच....
पुरा पढ्नुहोस »

‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली

नयाँदिल्ली, भारत, चैत २४/भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका सरकार र जनताको साझा लक्ष्य समृद्धि भएको बताउनुभएको छ । आफ्ना भारतीय समकक्षीसँगको प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्तापछि संयुक्तरुपमा पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले सामाजिक–आर्थिक....
पुरा पढ्नुहोस »

सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द

काभ्रेपलाञ्चोक, २४ चैत ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ । काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङ, अभिभावक र महासंघका पदाधिकारीबीच भएको लामो छलफलपछि महासंघले उक्त निर्णय गरेको हो । जनक शिक्षा सामग्री....
पुरा पढ्नुहोस »