Day: २५ चैत्र २०७४, आईतवार १६:१३

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन मन्त्रालयको निर्देशन

काठमाडौँ, २५ चैत / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले आज यहाँ प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी....
पुरा पढ्नुहोस »

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद, पाकिस्तान, २५ चैत / अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ । अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको....
पुरा पढ्नुहोस »

भारतीय प्रधानमन्त्री मोदीको निवास अगाडि सांसदहरुको प्रदर्शन

नयाँदिल्ली, २५ चैत /  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ । उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी

न्युयोर्क, २५ चैत / अमेरिकाको न्युयोर्कस्थित रहेको ट्रम्प टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको छ । आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो....
पुरा पढ्नुहोस »

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, २५ चैत / अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन् । उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको....
पुरा पढ्नुहोस »

ब्राजिलका पूर्वराष्ट्रपति लुलाको जेलमा पहिलो दिन

ब्राजिल, २५ चैत / ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताउनुभएको छ । ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहनुभएका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताउनुभएको हो । उहाँको जेलजीवनको पहिलो दिनलाई विश्वका एक लोकप्रिय नेताको राजनीतिक....
पुरा पढ्नुहोस »

विशेषद्वारा बस्नेतलाई सफाइ

काठमाडौँ, २५ चैत / विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो । उहाँले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर....
पुरा पढ्नुहोस »

दुर्घटनामा चारको मृत्यु

संखुवासभा, २५ चैत / जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते हुनु....
पुरा पढ्नुहोस »

असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली

नयाँदिल्ली (भारत), २५ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको....
पुरा पढ्नुहोस »

अध्यक्ष राजभण्डारीद्वारा राजीनामा

चितवन, २५ चैत / भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आज राजीनामा दिनुभएको छ । गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त हुनु भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिनुभएको हो । उहाँले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने....
पुरा पढ्नुहोस »

पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, २५ चैत / पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा यही चैत २७ देखि २९ गतेसम्म काठमाडौँमा....
पुरा पढ्नुहोस »

प्रदेश संसद बैठकमा दुईवटा विधेयक पारित

हेटाँैडा, २५ चैत / प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ । आज अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित....
पुरा पढ्नुहोस »

ह्युस्टनमा रक्तदान कार्यक्रम सम्पन्न

ह्युस्टन, अप्रिल ७ नेप्लिज एशोसिएसन अफ ह्युस्टनको आयोजना र गल्फकोष्ट रिजनल ब्लड् सेन्टर, ह्युस्टनको सहयोगमा शनिवार, अप्रिल ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एनएचका अध्यक्ष ज्योति घिमिरे लगाएत ह्युस्टनका सक्रिय नेपाली अगुवाहरु समेतले रक्तदान गरेको कार्यक्रममा ३२ जना दाताहरुबाट ३४ युनिट रगत....
पुरा पढ्नुहोस »

संघीयताको अनुभूति जनताले गर्न पाएनन् : प्रदेशसभा सदस्यहरू

जनकपुरधाम, २५ चैत / प्रदेश नं. २ मा संघीयता र सरकारको अनुभूति आमजनताले गर्न नपाएको धारणा प्रदेशसभासदस्यहरूले व्यक्त गर्नुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको एघारौं बैठकको विशेष समयमा उहाँहरूले सो धारणा राख्दै प्रदेशमा महिला हिंसा र आपराधिक घटनामा वृद्धि, शान्ति सुरक्षाको अवस्था....
पुरा पढ्नुहोस »

कानून पढ्न कोटा निर्धारण

काठमाडौँ, २५ चैत / लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ । विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिनुभयो । डिन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा....
पुरा पढ्नुहोस »