Day: १ बैशाख २०७५, शनिबार १९:४५

पशुलाई पनि श्रद्धान्जलि !

काठमाडौँ, १ वैशाख/ विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो । नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको....
पुरा पढ्नुहोस »

बिस्केटको लिङ्गो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो

भक्तपुर, १ वैशाख/ भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको....
पुरा पढ्नुहोस »

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख/ सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उहाँले....
पुरा पढ्नुहोस »

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

अंकारा, १ वैशाख/ सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् । ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई....
पुरा पढ्नुहोस »

सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा

तेहरान, १ वैशाख/ इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिनुभएको छ । “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,”....
पुरा पढ्नुहोस »

सफाइमा ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ अभियान शुरु

काठमाडौँ, १ वैशाख/नयाँ वर्षको पहिलो दिनको अवसर पारेर ‘मेरो संकल्प अधिकारसहितको कर्तव्य’ मूल नाराको कार्यक्रम घोषणा गरिएको छ । सांसद गगनकुमार थापाले घोषणा गर्नुभएको कार्यक्रमको शताब्दी पुरुष सत्यमोहन जोशीले आज ज्ञानेश्वरमा उद्घाटन गर्नुभयो । महिनामा एक दिन सामाजिक कामका लागि छुट्याउन कार्यक्रम....
पुरा पढ्नुहोस »

प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ आजबाट शुरु

काठमाडौँ, १ वैशाख/‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा....
पुरा पढ्नुहोस »

सुशील कोइराला फाउण्डेशन र एनआरएनएबीच सम्झौता

काठमाडौँ, १ वैशाख/सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली काँग्र्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न....
पुरा पढ्नुहोस »

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजारौंको भीड

भक्तपुर, १ वैशाख/नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर,....
पुरा पढ्नुहोस »

ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस हुने

बुटवल, १ बैशाख/ ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइने भएको छ । किल्लाको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संयोजनमा दिवस मनाउन लागिएको हो । नेपालले अंग्रेजलाई हराएको दिनको सम्झनामा यो दिवस मनाइन लागिएको हो । किल्लालाई प्रमुख सम्पदाका रुपमा विकास....
पुरा पढ्नुहोस »

विश्वध्वजासहितको लिङ्गो उठाएर जात्रा शुरु, सात घाइते

भक्तपुर, १ बैशाख/ भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो साँझ ६ बजेर ३३ मिनेटमा उठाइएको छ । गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि स्थानीयले करिब एक घण्टाको प्रयासमा लिङ्गो उठाइएको हो । ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको....
पुरा पढ्नुहोस »

स्थानीय तहको न्यायिक समितिलाई सक्रिय तुल्याइने

काठमाडौँ, १ बैशाख/ सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीले स्थानीय न्यायिक समितिलाई सक्रिय बनाई मेलमिलाप कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । मेलमिलाप दिवस–२०७५को उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा उहाँले स्थानीय न्यायिक समितिको सक्रियता र सक्षमताको लागि उचित कानूनी....
पुरा पढ्नुहोस »

जनप्रतिनिधिलाई अविभावक हुन आव्हान

हेटौँडा, १ बैशाख/ प्रदेश नं ३ मा पाँच हजार ८६९ विपन्न बालबालिकाले जनप्रतिनिधिलाई अविभावक बनाउन पाउने भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले भर्ना अभियान सफल बनाउन सबै जनप्रतिनिधिलाई यस्तो निर्देशन दिनुभएको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले प्रदेश नं ३ का सबै जननिर्वाचित....
पुरा पढ्नुहोस »

‘वैशाख ९ मा पार्टी एकता’

महेन्द्रनगर, धनुषा, १ बैशाख/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता निश्चित भइसकेको दाबी गर्नुभएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा (एमाले) नगर कमिटिले हिजो आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा....
पुरा पढ्नुहोस »