Day: २ बैशाख २०७५, आईतवार १५:२२

सगरमाथा आरोहणको तयारीमा रहेकी कार्कीलाई सहयोग

काठमाडौँ, २ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा आरोहणको तयारीमा रहेकी प्रथम महिला पत्रकार टोलीकी सदस्य प्रियालक्ष्मी कार्कीलाई आर्थिक सहयोग गरेको छ । मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्यले न्युज २४ टेलिभिजनमा कार्यरत खेल पत्रकार कार्कीलाई मञ्चका सदस्य र अन्य....
पुरा पढ्नुहोस »

उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता

सोल, २ वैशाख / उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो....
पुरा पढ्नुहोस »

अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

काबुल, २ वैशाख /  अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आइतबार बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन् । मारिएकामध्ये एक जना नस्रुल्लाह....
पुरा पढ्नुहोस »

सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक

वासिङटन, २ वैशाख / अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाँै प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा....
पुरा पढ्नुहोस »

नेपालले युएई कराते च्याम्पियनसिपमा भाग लिने

काठमाडौँ, २ वैशाख / संयुक्त अरब इमिरेट्स (युएई)को नेशनल कराते च्याम्पिनयसिपमा नेपालको एभरेस्ट मार्सल आर्टस् क्लबले भाग लिने भएको छ । आगामी शुक्रबारदेखि युएईमा हुने उक्त च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, तीन प्रशिक्षक, चार अफिसियल तथा तीनजना निर्णायकले सहभागिता जनाउन लागेको प्रमुख....
पुरा पढ्नुहोस »

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा, २ वैशाख / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई....
पुरा पढ्नुहोस »

‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

चितवन, २ वैशाख / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ....
पुरा पढ्नुहोस »

विनियोजन विधेयक, २०७४ माथि छलफल

रुपन्देही, २ वैशाख / प्रदेश नं ५ को सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७४ माथि विभिन्न शीर्षकमाथिको छलफलका लागि आजदेखि बाटो खुलेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा चालु आव २०७४÷७५ का लागि आर्थिक मामिला तथा योजना मन्त्रीका हैसियतमा रु एक अर्ब दुई करोडको बजेट विनियोजन विधेयकका रुपमा....
पुरा पढ्नुहोस »

लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै

रुपन्देही, २ वैशाख / लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षित हुनेहरुमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेका छन् भने एकजना भारतीय विद्यार्थी रहेको आज लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो....
पुरा पढ्नुहोस »

पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत हुन्छ : मन्त्री महासेठ

पर्सा, २ वैशाख /भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग....
पुरा पढ्नुहोस »

कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित

काठमाडौँ, २ वैशाख ९ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कारमा उहाँले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा....
पुरा पढ्नुहोस »

जिब्रो छेडेपछि महाद्धीप बोकेर टोलटोल घुम्दै श्रेष्ठ

भक्तपुर, २ बैशाख / बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप....
पुरा पढ्नुहोस »

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, २ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट गर्नुभयो । राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति....
पुरा पढ्नुहोस »

विद्यालयलाई एक करोड ३३ लाख सहयोग

बाबियाचौर, म्याग्दी, २ वैशाख / रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका पूर्व....
पुरा पढ्नुहोस »

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम, २ वैशाख / इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिनुभयो । सभाहलको आठ....
पुरा पढ्नुहोस »