Day: ४ बैशाख २०७५, मंगलवार १६:५९

उत्तर र दक्षिण कोरिया शिखर बैठकको तयारी

सोल, ४ वैशाख / उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक मात्रामा तयारी गरिएको समाचारमा जनाइएको छ । यी दुई देशबीच विरलै हुन गरेको एउटा उच्चस्तरीय भ्रमण भने हालै सम्पन्न भएको छ । उक्त बैठकमा दुई देशका मन्त्रीस्तरीय अधिकारी सहभागी भएका थिए । उत्तर कोरियाली नेता किम जोङ उनले....
पुरा पढ्नुहोस »

चट्याङ लागेर २२ जनाको मृत्यु

किगाली, रुवाण्डा, ४ वैशाख / रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दक्षिणी रुवाण्डामा भएको सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले शनिबार जानकारी दिएका छन् । सोमबार बिहान ११ बजेतिर....
पुरा पढ्नुहोस »

व्यावसायिक रुपमा जलयात्रा

जाजरकोट नलगाड नगरपाँलिका वडा ८ मैदे देखि वडा ७ को दल्ली सम्म जलयात्रा गदै बन मन्त्री शक्तिवहादुर वस्नेत , पुर्व शान्ति मन्त्री सत्य पहाडी लगायतको टोली । आज देखि यस क्षेत्रमा व्यावसायिक रुपमा जलयात्रा सुरु गर्दै । तस्विर हेमन्त के सी....
पुरा पढ्नुहोस »

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख / पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका....
पुरा पढ्नुहोस »

पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः वरिष्ठ नेता पौडेल

पोखरा, ४ चैत / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि....
पुरा पढ्नुहोस »

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

काठमााडौँ, ४ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले देशमा रोजगारी प्रवद्र्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र....
पुरा पढ्नुहोस »

परराष्ट्र मन्त्री ज्ञवालीलाई दूतावासमा स्वागत

काठमाडौँ, ४ वैशाख / चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ । मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उहाँले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको....
पुरा पढ्नुहोस »

बिस्केट जात्रामा करीब एक लाख दर्शकले मेला भरे

काठमाडौँ, ४ वैशाख / काठमाडौँको उत्तरी भेगस्थित टोखामा नयाँ वर्षका दिनदेखि शुरु भएको बिस्केट जात्रामा करीब एक लाख दर्शकले अवलोकन गर्दै आज सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म गरिने उक्त जात्रामा अवलोकनका लागि काठमाडौँ उपत्यका तथा त्यस आसापसा क्षेत्रबाट दर्शक तथा भक्तजनको सहभागिता....
पुरा पढ्नुहोस »

नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

पोखरा, ४ वैशाख / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ । छलफलमा सहभागी सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका आधार....
पुरा पढ्नुहोस »

चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ४ वैशाख / सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री....
पुरा पढ्नुहोस »

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, ४ वैशाख ९ / नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ,....
पुरा पढ्नुहोस »

बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख / बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी....
पुरा पढ्नुहोस »

किशोरी मृतावस्थामा फेला

रुपन्देही, ४ वैशाख ९ / स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । “उनको....
पुरा पढ्नुहोस »

सूचना प्रविधि ऐन ल्याइने छ सञ्चार राज्यमन्त्री

काठमाडौँ, ४ वैशाख / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई....
पुरा पढ्नुहोस »

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

जुम्ला, ४ वैशाख / संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ । गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४÷७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो । सरकारका जिल्ला....
पुरा पढ्नुहोस »