Day: ५ बैशाख २०७५, बुधबार २१:११

एनआरएन आमेरिका हेल्प डेस्कले सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी गर्दै

अमेरिका, १८ अप्रिल / एनआरएन एनसिसि युएस्एको हेल्प डेस्कले उत्तर क्यालिफोर्नियामा आगामी अप्रिल २१, २०१८ मा हेल्प एण्ड सेल्फ हेल्प विषयक कार्यशाला गोष्ठी गर्न गइरहेको छ । एन आर एन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा कानुन, घर खरिद तथा ट्याक्स भर्ने....
पुरा पढ्नुहोस »

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन, ५ वैशाख / अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको अहिले निधन भएको हो । उहाँले जीवनको अन्तिम....
पुरा पढ्नुहोस »

साझा समृद्धि र सम्पर्क विस्तारका लागि यातायात सञ्जाल विकासमा जोड

काठमाडौँ, ५ वैशाख / नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच आज बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात....
पुरा पढ्नुहोस »

जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

लहान, ५ वैशाख /  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले....
पुरा पढ्नुहोस »

साफ च्याम्पियनसिप फुटबल

काठमाडौँ, ५ वैशाख / बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने....
पुरा पढ्नुहोस »

सीमा स्तम्भ पुनर्निर्माण शुरु

भीमदत्तनगर, ५ वैशाख / नेपाल–भारत संयुक्त सर्वे टिमले आज कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण शुरु गरेको छ । नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनर्निर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको....
पुरा पढ्नुहोस »

संरक्षणमा जुटेपछि आत्मविश्वासी बनेका जुमडाँडाका महिला

जुमडाँडा, तनहुँ, ५ वैशाख / लक्ष्मी रानामगर अहिले ५० वर्षकी हुनुभयो । केही समयअघि अरुका अघि गएर आफ्ना कुरा भन्न लक्ष्मीलाई आँट थिएन । अहिले समय फेरिएको छ । लक्ष्मीको आत्मविश्वास बढेको मात्र छैन, आफूजस्ता धेरै महिलालाई सँगै लिएर अघि बढ्न सक्ने हुनुभएको छ । जुमडाँडा झप्री सामुदायिक वन समूहको अध्यक्ष....
पुरा पढ्नुहोस »

वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

बैतडी, ५ वैशाख / बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए । साबिककोे हटैराज गाविसका पूर्वअध्यक्ष....
पुरा पढ्नुहोस »

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

काठमाडौँ, ५ वैशाख / रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । फुटबल फर फ्रेन्डशिप,....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

लहान, ५ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती....
पुरा पढ्नुहोस »

सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : मन्त्री थापा

चितवन, ५ वैशाख / गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताउनुभयो । शक्तिखोरमा बन्न....
पुरा पढ्नुहोस »

घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित

विराटनगर, ५ वैशाख / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले....
पुरा पढ्नुहोस »

चिनियाँ उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्रीको भेट

काठमाडौँ, ४ वैशाख / चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै....
पुरा पढ्नुहोस »