Month: १५ बैशाख २०७५, शनिबार ११:३४

विदेशी भिसा त्यागी युवा च्याउखेतीतर्फ आकर्षित

डडेल्धुरा, १५ वैशाख/ अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा....
पुरा पढ्नुहोस »

शेयर बजार चार अर्बभन्दा बढीको कारोबार

काठमाडौँ, १५ वैशाख/ धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको एक करोड एक लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको रु चार अर्ब....
पुरा पढ्नुहोस »

ठूलो संख्यामा बालबालिकाको बलि

लिमा, १५ वैशाख/ पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४०....
पुरा पढ्नुहोस »

ब्राजिलका फुटबल प्रमुख आजिवन प्रतिबन्धित

रियो दी जेनेरियो, १५ वैशाख/ ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ । फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उहाँलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र....
पुरा पढ्नुहोस »

कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा

काठमाडौँ, १५ वैशाख / कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुनसकेको छैन । शुक्रबार भएको दुई कोरियाली उच्च नेताहरूको भेटले....
पुरा पढ्नुहोस »

रोहिंग्या शरणार्थीलाई थप सहायताका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, १५ वैशाख ।संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन् । उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका....
पुरा पढ्नुहोस »

लस एन्जल्समा नेवा: अर्गनाइजेशनले अप्रिल २९ मा रक्तदानको आयोजना गर्दै

लस एन्जल्स, २७ अप्रिल । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २९ अप्रिल २०१८ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ तथा....
पुरा पढ्नुहोस »

गिरीको चित्रकला प्रदर्शनी शुरु

तुलसीपुर, दाङ, १५ वैशाख/ दंगाली युवा चित्रकार लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य रु तीन हजार ५०० देखि ३५....
पुरा पढ्नुहोस »

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन आग्रह

काठमाडौँ, १५ वैशाख/ काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय’ काठमाडौँलाई विद्यालय व्यवस्थापनसम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ । विभागका प्रमुख प्रल्हाद अर्यालले एकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विद्यालयका....
पुरा पढ्नुहोस »

असिनाले लाखौंको क्षति

त्रिशूली, नुवाकोट ,१५ वैशाख/ हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी....
पुरा पढ्नुहोस »

राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा कृष्णसार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार । अहिले यहाँ कृष्णसारको संख्या ६० बढी पुगेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,....
पुरा पढ्नुहोस »

ओडारबाट घरमा रुपसिंह

चितवनको लोथरमा रहेका ओडारमा बस्दै आएका रुपसिंह चेपाङलाई दाताले बनाएको घरमा प्रवेश गराउँदै राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन),....
पुरा पढ्नुहोस »

इटहरीमा आगलागी

इटहरी, १५ वैशाख/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गर्नुभएको छ । राति १२ बजेतिर सबै....
पुरा पढ्नुहोस »

ललितपुर महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

ललितपुर, १५ वैशाख/ ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको....
पुरा पढ्नुहोस »

दश कन्याको बेलविवाह

बागलुङ, १५ वैशाख/ नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ । बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजाआजा गरी....
पुरा पढ्नुहोस »