Month: १४ बैशाख २०७५, शुक्रबार १२:५०

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर, १४ वैशाख / माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।....
पुरा पढ्नुहोस »

दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

बाबियाचौर, म्याग्दी, १४ वैशाख / बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा....
पुरा पढ्नुहोस »

लायन्स क्लबले विद्यालय भवन बनाइदिने

बेनी, म्याग्दी, १४ वैशाख / मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९....
पुरा पढ्नुहोस »

डोल्पा जेठ १ देखि खुला हुनेका यार्सा पाटन

त्रिपुराकोट, डोल्पा, १४ वैशाख / हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने....
पुरा पढ्नुहोस »

दुई दशकदेखि दबाब दिँदा पनि औद्योगिक क्षेत्र स्थापनाले गति लिएन

भीमदत्तनगर, १४ वैशाख / प्रदेश नं ७ को एकमात्रै कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको कामलाई तीव्रता दिन दबाबसहित यहाँको निजी क्षेत्र अग्रसर देखिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघलगायतका यहाँका संघ÷संस्था २०५२ सालदेखि नै दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै विभिन्न....
पुरा पढ्नुहोस »

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, १४ वैशाख / पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग....
पुरा पढ्नुहोस »

नेपालीलाई प्रदान गरिएको टिपीएस सुविधा जुन २४, २०१९ मा सकिने

अमेरिका, २६ अप्रिल / २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा गैरकानुनीरुपमा बस्दै आएका नेपालीलाई प्रदान गरिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा जुन २४, २०१९ मा सकिने भएको छ। नेपालमा गएको भूकम्प पश्चात् पुन:निर्माणको कार्य सन्तोषजनक भएको हुँदा नेपालीलाई प्रदान गरिएको....
पुरा पढ्नुहोस »

माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती

वासिङटन, १३ बैशाख / फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिनु भएको छ । उहाँले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको....
पुरा पढ्नुहोस »

रेलले विद्यायल बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख / भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३....
पुरा पढ्नुहोस »

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

काठमाडौँ, १३ वैशाख / नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ ।् अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । महिलाका....
पुरा पढ्नुहोस »

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख / धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै....
पुरा पढ्नुहोस »

प्रदेशसभा ३ : रु एक अर्बको बजेट पेश

हेटौँडा, १३ वैशाख / प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गर्नुभएको छ । बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ । बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी....
पुरा पढ्नुहोस »

प्राविधिक शिक्षा गाउँगाउँमा

भक्तपुर, १३ वैशाख / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताउनुभएको छ । स्थानीय कमलविनायकमा निर्माण भएको नेपाल भोकेशनल एकेडेमीको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो,“सरकारी, निजी र सहकारी क्षेत्र....
पुरा पढ्नुहोस »

विराटनगरको टिचिङ हस्पिटल

विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल । हस्पिटलले ०७४ वैशाखदेखि चैत मसान्तसम्म ५६ हजार बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलव्ध गराएको छ । तस्बिर ः मनोज दाहाल, विराटनगर,....
पुरा पढ्नुहोस »