Month: १५ श्रावण २०७५, मंगलवार १६:११

दुई कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल

सिओल, १५ साउन / उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्नेगरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको छ । जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्याउने असैनिक क्षेत्र (डिएमजेड) मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा....
पुरा पढ्नुहोस »

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

वासिङटन, १५ साउन / उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ....
पुरा पढ्नुहोस »

दुर्लभ पाटेबाघ म-यो

रत्ननगर, चितवन, १५ साउन /  चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ आज मरेको छ । दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर आज पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । करीब १०–११ वर्षको उक्त बाघलाई तीन महिनाअघि....
पुरा पढ्नुहोस »

सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १५ साउन ९ /  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण....
पुरा पढ्नुहोस »

आदिवासी पत्रकारिता पुरस्कार चार जनालाई

काठमाडौं, १५ साउन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिजका महासचिव मनोज घर्तीमगरले पुरस्कार छनौट समिति सिफारिशमा आज बसेको फोनिजको बैठकले चार जना पत्रकारलाई पुरस्कार प्रदान....
पुरा पढ्नुहोस »

संविधानको मूल मर्म र भावना विपरीत कसैले कार्य गर्नु हुदैनः नेता गच्छदार

इटहरी, १५ साउन / नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जनअपेक्षित संविधानको मूल मर्म र भावना विपरीत कसैले कार्य गर्न नहुने बताउनुभएको छ । काँग्रेस जिल्ला कार्य समिति सुनसरीले आज इनरुवामा आयोजना गरेको विरोधसभामा उहाँले वर्तमान सरकारबाट नेपाली जनताको चाहना र आवश्यकता पूर्ति हुन नसक्ने आरोप....
पुरा पढ्नुहोस »

गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको शिष्टाचार भेट

काठमाडौँ, १५ साउन / गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेट गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । परराष्ट्र....
पुरा पढ्नुहोस »

नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

काठमाडौँ, १५ साउन / गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल....
पुरा पढ्नुहोस »

प्रदेश नं ७ स्तरीय समीक्षा बैठक

धनगढी, १५ साउन / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको प्रदेशस्तरीय समीक्षा बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४÷७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय....
पुरा पढ्नुहोस »

गण्डकी प्रदेश खेलकूद कार्यदलको प्रतिवेदन

पोखरा, १५ साउन / गण्डकी प्रदेशको खेलकूद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले सामाजिक विकासमन्त्री नरदेवी पुनसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच प्रतिवेदन बुझ्दै मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकूद र सांस्कृतिक हबका रुपमा विकास....
पुरा पढ्नुहोस »

संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो

काठमाडौँ, १५ साउन / संघीय संसद् सचिवालयले महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकेको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिसहित प्रशासन महाशाखा प्रमुखमा ध्रुवप्रसाद घिमिरे, प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा....
पुरा पढ्नुहोस »

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

काठमाडाँै, १५ साउन / सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा....
पुरा पढ्नुहोस »

समाजवाद उन्मुख शिक्षाको खाका कोर्दै शिक्षा आयोग

काठमाडौँ, १५ साउन / नवगठित उच्चस्तरीय शिक्षा आयोगले समाजवाद उन्मुख समृद्ध र संघीय नेपाल अनुकूल शिक्षा नीति निर्माणका लागि कार्यारम्भ गरेको छ । प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकता र उत्थानशीलता सुनिश्चित गर्न कानूनी, संरचनात्मक र संस्थागत....
पुरा पढ्नुहोस »

चक्कु देखाएर दिउँसै लुटियो छ लाख

भक्तपुर, १५ साउन / भक्तपुर नगरपालिका वडा नं. ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको....
पुरा पढ्नुहोस »

शिक्षामा जापानी सहयोग बढ्ने विश्वास

काठमाडौँ, १५ साउन / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा प्रत्यक्ष....
पुरा पढ्नुहोस »