Day: २० श्रावण २०७५, आईतवार १६:३७

क्रिकेटः श्रीलंकासामु जितका लागि ३६४ रनको चुनौती

पाल्लीकेल्ली, श्रीलंका, २० साउन / श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण....
पुरा पढ्नुहोस »

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

काराकास, भेनेजुएला, २० साउन / भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो । सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य....
पुरा पढ्नुहोस »

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जाकार्ता, इन्डोनेसिया, २० साउन / इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको....
पुरा पढ्नुहोस »

स्वीजरल्याण्ड विमान दुर्घटना : बीस यात्रुकै मृत्यु भएको पुष्टि

जेनेभा, स्वीजरल्याण्ड, २० साउन / बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । आइतबार दिउसो एक पत्रकार....
पुरा पढ्नुहोस »

बेपत्ताको शव भेटियो

पाल्पा, २० साउन / पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ । तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो । आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना....
पुरा पढ्नुहोस »

शताब्दीपुरुष जोशीलाई सम्मान गरिने

काठमाडौँ, २० साउन / टोखा संस्कृति सम्पदा संरक्षण दबू र नेवाः गुथिले यही वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान गर्ने भएको छ । मुलुकको संस्कृति तथा इतिहास संरक्षणको क्षेत्रमा जोशीले पु-याएको योगदानको कदरस्वरुप सो सम्मान गर्न लागिएको हो । टोखाका विविध संस्कृति, बाजागाजा तथा वेषभूषासहितको....
पुरा पढ्नुहोस »

पहिरोका कारण सल्यानका सात सय घर जोखिममा

सल्यान, २० साउन / लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ । जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको....
पुरा पढ्नुहोस »

मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

काठमाडौँ, २० साउन / सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग....
पुरा पढ्नुहोस »

‘संसदीय सुनुवाइ समितिको निर्णय सबैले स्वीकार गर्नुपर्ने’

काठमाडौँ, २० साउन / संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले नयाँ स्ांविधानमा संसदीय सुनुवाइ समितिको व्यवस्था रहेकाले यस समितिको निर्णय सबै पक्षले स्वीकार गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधानमा थुप्रै त्रुटि भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आवाज आफ्नो....
पुरा पढ्नुहोस »

नुरप्रसादलाई झिकाउन आदेश

चितवन, २० साउन / जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती....
पुरा पढ्नुहोस »

सब अपांगता भएका व्यक्ति विपत्मा प्रभावित

काठमाडौँ, २० साउन / नेपाल अपांग महिला एशोसिएशनले विपत् तथा दैवी प्रकोपको समयमा अपांगता भएका मानिस धेरै प्रभावित हुने हुँदा उनीहरुलाई विपत्सँग सम्बन्धित सबै प्रक्रियामा सहभागी गराउन माग गरेको छ । सम्भावित जोखिम रहेका मुलुकका विभिन्न स्थानमा बाढीपहिरो, हावाहुरी भूकम्पलगायत विपत्मा पूर्वसूचना....
पुरा पढ्नुहोस »

आदिकवि र विश्वकविको सम्मानका लागि जोड

काठमाडौँ, २० साउन । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ । भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय, अध्ययनलगायत विभिन्न कारणले त्यहाँ रहेका नेपालीको संयुक्त पहलमा यस....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय युवा दिवस

इटहरी, २० साउन / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताउनुभएको छ । उण्डाइसौँ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिले आज इटहरीमा आयोजना गरेको ‘प्रादेशिक....
पुरा पढ्नुहोस »