Day: २२ श्रावण २०७५, मंगलवार १६:१५

हप्ता दिनमा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए– राष्ट्रसंघीय एजेन्सी

काबुल, २२ साउन / अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्र्किएका छन् । उनीहरु ती दुई छिमेकी देशबाट गत जुलाई २९ देखि अगष्ट ४ सम्ममा स्वदेश फर्र्किएका आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी, आइओएमले जनाएको छ । उक्त एजेन्सीले....
पुरा पढ्नुहोस »

न्यायापालिकाको रक्षाका लागि काँग्रेस क्रियाशील हुने

काठमाडौँ, २२ साउन / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय....
पुरा पढ्नुहोस »

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै, दाहसंस्कार बिहीबार

भक्तपुर, २२ साउन / “आमा म एकछिन खेलेर आउँछु है” भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ । स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक....
पुरा पढ्नुहोस »

प्रदेश नम्बर ३ : योजना पुस्तिका सार्वजनिक

हेटौँडा, २२ साउन / प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ । पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने....
पुरा पढ्नुहोस »

युवा र विद्यार्थी एकताः नाम र नेतृत्वमा बाहेक सहमति

काठमाडौँ, २२ साउन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ, २२ साउन / युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ । आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद....
पुरा पढ्नुहोस »

कर्णाली नदीमा जीप खस्यो

धनगढी, २२ साउन / कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ । कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ....
पुरा पढ्नुहोस »

‘सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौ’

काठमाडौँ, २२ साउन / राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजन व्यवस्थापन....
पुरा पढ्नुहोस »

बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

काठमाडौँ, २२ साउन / बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र हाल भइरहेको दरबन्दीअनुसारको कर्मचारी नदिँदा भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने कार्यक्रम सञ्चालनमा असर परेको छ....
पुरा पढ्नुहोस »

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २२ साउन / एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल....
पुरा पढ्नुहोस »

नगर प्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति वितरण

बुटवल, २२ साउन ९ / रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिकस्वरुप आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गर्नुभएको छ । उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जनालाई एक वर्षको पारिश्रमिकस्वरुप प्राप्त गर्नुभएको रु तीन लाख ८५....
पुरा पढ्नुहोस »