Day: २५ श्रावण २०७५, शुक्रबार १६:११

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

साना, यमन, २५ साउन /  उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका....
पुरा पढ्नुहोस »

अमेरिकी प्रतिबन्धको उत्तर कोरियाद्वारा विरोध

सिओल, २५ साउन / उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र....
पुरा पढ्नुहोस »

मेलानिया ट्रम्पका बाबुआमाले अमेरिकी नागरिकता लिए

न्यूयोर्क, २५ साउन /  अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिनुभएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताउनुभयो....
पुरा पढ्नुहोस »

पुस्तक विमोचन

काठमाडौँ, २५ साउन / नेपालका विभिन्न विद्वानको लेख समावेश भएको पुस्तक प्राध्यापक उपेन्द्रमान मल्लले आज यहाँ विमोचन गर्नुभयो । मण्डला बुक प्वाइन्ट, एजुुकेशनल बुक हाउस तथा आदर्श इन्टरप्राइजेज नयाँदिल्लीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सो पुस्तक उहाँले विमोचन गर्नुभएको हो । नेपाल एक....
पुरा पढ्नुहोस »

चौरजहारी घटनाबारे सरकारको ध्यानाकर्षण

सुर्खेत, २५ साउन / कर्णाली प्रदेशसभाको आजको बैठकमा सांसदहरुले रुकुम चौरजहारीमा एक महिलाको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले उक्त घटनामा लासमाथि राजनीति गर्न खोजिएको विचार व्यक्त गर्नुभयो । यही साउन २० गते....
पुरा पढ्नुहोस »

गृहमन्त्री थापा सम्मानित, समाजवादी शिक्षामा जोड

रत्ननगर, २५ साउन / गृहमन्त्री रामबहादुर थापाले समाजवादी शिक्षा लागू गर्नुपर्नेमा जोड दिँदै नेपालमा प्राविधिक र व्यावहारिक शिक्षाको खाँचो रहेको औँल्याउनुभएको छ । चितवनको भरतपुरमा आज कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयुक्त प्राध्यापक सङ्गठन र संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयोजित....
पुरा पढ्नुहोस »

छ दिनपछि शव भेटियो

जाजरकोट, २५ साउन / यहाँको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ । घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो । गत आइतबार पहिरोमा पुरिएका आठको शव निकालिसकेको छ ।....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौँ, २५ साउन / राष्ट्रिय युवा परिषद्ले साउन २७ देखि ३० सम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’–२०७५ मनाउने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट....
पुरा पढ्नुहोस »

ठगी गर्ने पक्राउ

काठमाडौँ, २५ साउन / विभिन्न प्रविधिको दुरुपयोग गरी अमेरिकाको भिसा लगाई दिने र अमेरिकी राजदूतावासबाट परियोजनाको नाममा आएको रकम निकासा गरी दिने प्रलोभन देखाइ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ डिल्लीबजार घर भई हाल गोकर्णेश्वर बस्ने २७ वर्षीय प्रशन्न खातीलाई अमेरिकी राजदूतावासको....
पुरा पढ्नुहोस »

मनोरञ्जन क्षेत्रका श्रमिकलाई ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड

काठमाडौँ, २५ साउन / मनोरञ्जन क्षेत्रमा कार्यरत करीब पाँच लाख श्रमिकलाई औैपचारिकरुपमा ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड दिइएको छ । मनोरञ्जन व्यवसाय, निर्माण कम्पनीमा संलग्न विभिन्न व्यवसाय, कृषिलगायत क्षेत्रलाई अनौपचारिकरुपमा लिइने गरिएको छ । विश्वास नेपाल नामक सामाजिक संस्थाले आज यहाँ....
पुरा पढ्नुहोस »

सुशासनको अवस्था कमजोर

बझाङ, २५ साउन / जिल्लाका सबै स्थानीय तहमा सुशासनको अवस्था कमजोर रहेको जनगुनासो आउन थालेको छ । स्थानीय तहमा सुशासन अभिवृद्धि गर्नका लागी कुनै पनि पहल नभएपछि सुशासनको अवस्थामा कमी आएको स्थानीयवासीले गुनासो गरेका छन् । जनप्रतिनिधि आएपछि स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न गरिएको व्यवस्थासमेत....
पुरा पढ्नुहोस »

सकारात्मक चिन्तनले समाज रुपान्तरण हुन्छ : सभामुख

काठमाडौँ, २५ साउन / सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि....
पुरा पढ्नुहोस »

वेस्ट इन्डिजमा चम्किए सन्दीप

काठमाडौँ, २५ साउन / वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् । स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन्....
पुरा पढ्नुहोस »