Day: २९ श्रावण २०७५, मंगलवार २३:३८

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

रोम, इटाली, २९ साउन /  इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ । घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई....
पुरा पढ्नुहोस »

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई, २९ साउन / टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको....
पुरा पढ्नुहोस »

नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

काठमाडौँ, २९ साउन / वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण....
पुरा पढ्नुहोस »

धरहरा निर्माणको आर्थिक प्रस्ताव चौथोपटक स्थगित

काठमाडौँ, २९ साउन / भूकम्पले भत्किएको धरहरा निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति आज चौथो पटक पनि स्थगित भयो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए ।....
पुरा पढ्नुहोस »

तीन दिनमै राहदानी उपलब्ध हुने

काठमाडौँ, २९ साउन / सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको....
पुरा पढ्नुहोस »

पहिलो चौमासिकदेखि नै योजना कार्यान्वयन शुरु हुनुपर्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ, २९ साउन / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयअन्तर्गत कार्यालयका कार्ययोजना पहिलो चौमासिकदेखि नै कार्यान्वयन शुरु भई शत्प्रतिशत परिणाम निस्कनुपर्ने बताउनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७४÷७५ को वार्षिक....
पुरा पढ्नुहोस »

प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको नतिजा प्रकाशन

काठमाडौँ, २९ साउन / नेपाल एष्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगताको ‘पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८’ को नतिजा प्रकाशन गरेको छ । प्रतियोगितामा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौँका स्वर्णिम तिवारी यस वर्षको विजेता बन्नुभएको छ । यसैगरी....
पुरा पढ्नुहोस »

खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितताका लागि राष्ट्रपतिबाट आग्रह

काठमाडौँ, २९ साउन / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर....
पुरा पढ्नुहोस »

रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

इलाम, २९ साउन / बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी....
पुरा पढ्नुहोस »

दुई हजार ३०० जातका धान

ललितपुर, २९ साउन / नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको....
पुरा पढ्नुहोस »

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

ललितपुर, २९ साउन / प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उहाँले....
पुरा पढ्नुहोस »

उपत्यकाका सडक सुधारमा समन्वय गरिने

काठमाडौँ, २९ साउन / गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो । दुवईबाट तीन....
पुरा पढ्नुहोस »