Day: ३० श्रावण २०७५, बुधबार १५:२०

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

काबुल, ३० साउन / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी....
पुरा पढ्नुहोस »

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

धनगढी, ३० साउन / झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा....
पुरा पढ्नुहोस »

उखु किसान अनशनमा

कपिलवस्तु, ३० साउन / कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् । कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् ।....
पुरा पढ्नुहोस »

व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौँ, ३० साउन / नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी निर्माण व्यसायीले गलत काम गरेको स्थितिमा....
पुरा पढ्नुहोस »

प्रतिवेदन प्रस्तुतिको प्रतीक्षामा इपिजी

काठमाडौँ, ३० साउन / नेपाल–भारत सम्बन्धका सबै पक्षबारे अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सम्बन्धित देशका सरकार प्रमुखसँग प्रतिवेदन प्रस्तुतिको प्रतीक्षा गरिरहेको बताएको छ । आफ्नो दुईवर्षे कार्यादेश गत असार १९ गते पूरा गरेको इपिजीले निर्धारित....
पुरा पढ्नुहोस »

वित्तीय अनुशासन कायम गर्न चुनौती

काठमाडौँ, ३० साउन / बढ्दो बेरुजुले मुलुकमा वित्तीय अनुशासन कायम गर्न चुनौती थपेको छ । महालेखा परीक्षकको कार्यालयले यो वर्षसम्म कारवाही गरेर टुङ्गो लगाउनु पर्ने बेरुजुको अङ्क रुपाँच खर्ब ८० करोड रहेको जानकारी दिएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखा परीक्षक टङ्कमणि....
पुरा पढ्नुहोस »

प्रेस स्वतन्त्रताको चिन्ता

काठमाडौँ, ३० साउन / आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा....
पुरा पढ्नुहोस »

साझाको एकैपटक सात आवको लेखापरीक्षण

काठमाडौँ, ३० साउन / साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८÷०६९ देखि आव २०७४÷०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो । अहिलेसम्म सरकारी....
पुरा पढ्नुहोस »

चिनियाँ सरकारद्वारा प्राध्यापक झा पुरस्कृत

काठमाडौँ, ३० साउन / चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित....
पुरा पढ्नुहोस »

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ– मन्त्री विष्ट

काठमाडौँ, ३० साउन / सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषिजन्य वस्तुमा मात्रै नेपालको वार्षिक व्यापार घाटा रु एक खर्ब २५ अर्ब रहेको सन्दर्भमा युवा श्रमिकलाई....
पुरा पढ्नुहोस »

बालक बेपत्ता

लहान, ३० साउन / सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारबाट मङ्गलबार साँझदेखि एक बालक बेपत्ता भएका छन् । शम्भुनाथ नगरपालिका–१० निवासी देवनारायण सदाको १५ वर्षीय छोरा आकाशकुमार मङ्गलबार साँझबाट बेपत्ता भएको स्थानीयवासी अनिल सदाले जानकारी दिनुभयो । कठौना बजारमा लाग्दै आएको हटियामा आएका आकाश साँझ ७....
पुरा पढ्नुहोस »

राउटे समुदायको फेरिँदो जीवनशैली

दैलेख, ३० साउन / गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो मीत हुन्, उनीसँग कुरा गर्नुछ, फोन लगाइदिनुस् ।” टोलीसँंगै गएका अधिकारकर्मी हीरासिंह थापाले हतार हतार....
पुरा पढ्नुहोस »

स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म

काठमाडौँ, ३० साउन /  स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त रकम बाँड्न....
पुरा पढ्नुहोस »