Day: ४ भाद्र २०७५, सोमबार १६:१३

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

इश्लामावाद, ४ भदौ / पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो । “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार....
पुरा पढ्नुहोस »

पारिवारिक पुनर्मिलनका लागि उत्तर कोरिया प्रस्थान

सिओल, ४ भदौ / सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् । दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि सुरु भएको हो । सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन....
पुरा पढ्नुहोस »

चिनियाँ लेखक काठमाडौँमा

काठमाडौँ, ४ भदौ / नेपाल–चीनबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले चिनियाँ लेखकको एक प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष तथा लुसुन साहित्य प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष कवि जिडी....
पुरा पढ्नुहोस »

टीकापुर घटनालाई आपराधिक दृष्ट्रिकोणले हेर्न हुँदैन : ठाकुर

कैलाली, ४ भदौ / राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताउनुभएको छ । टीकापुर घटनाका अभियुक्तलाई आज कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले....
पुरा पढ्नुहोस »

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

वीरेन्द्रनगर, ४ भदौ / मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपराह्न आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय....
पुरा पढ्नुहोस »

सेजन र फ्याक्टसबीच सम्झौता

काठमाडौँ, ४ भदौ / नेपाल आर्थिक पत्रकार समाज (सेजन) र ‘फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनी’बीच ‘स्व सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्बन्धमा आज सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजनका सदस्यलाई शोधवृत्ति उपलब्ध गराउने सम्झौता गरिएको हो....
पुरा पढ्नुहोस »

कालीमाटी अनुगमनमा अवरोध

काठमाडौँ, ४ भदौ / कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेका छन् । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हुन् । व्यापारीले विनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए....
पुरा पढ्नुहोस »

बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौँ, ४ भदौ / प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद....
पुरा पढ्नुहोस »

चार हजार घर पहिरोको जोखिममा

काठमाडौँ, ४ भदौ / भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित ३२ जिल्लाका तीन हजार ९७३ घर बाढी पहिरोको जोखिममा छन् । भूकम्प जाने वित्तिकै गृह मन्त्रालयले....
पुरा पढ्नुहोस »

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर, ४ भदौ / पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खासगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित हुँदै गएका छन् । आव २०७४÷७५ मा ४१ हजार ४५....
पुरा पढ्नुहोस »

“शिक्षाका नाममा धर्म र संस्कृति बिथोलिनु हुदैन”

नेपालगञ्ज, ४ भदौ / “ पवित्र धर्मग्रन्थ कुरानले ज्ञानका लागि शिक्षा आर्जन र तालीम लिनुपर्ने कुरा सुझाए पनि हामी आप्mनो धर्म संस्कृतिमाथि अतिक्रमण हुने खालका शिक्षा ग्रहण गर्न कदापी तयार छैनौं ।” मुस्लिम धर्मगुरु एवं स्थानीय बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानीको यो....
पुरा पढ्नुहोस »

सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौँ, ४ भदौ / देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा....
पुरा पढ्नुहोस »

कागती खेती फस्टाउँदै

भद्रपुर, ४ भदौ / पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती....
पुरा पढ्नुहोस »

करको बोझले मा-यो

काठमाडौँ, ४ भदौ / प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाउनुभएको छ । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको....
पुरा पढ्नुहोस »