Day: ७ भाद्र २०७५, बिहीबार १६:३७

उत्तर कोरियाको जनसंख्या २ करोड ५६ लाख

सिओल, ७ भदौ /  उत्तर कोरियाको जनसंख्या यसवर्ष एक लाखले वृद्धि भई २ करोड ५६ लाख पुगेको अमेरिकास्थित विश्व जनसंख्या ब्यूरोले जनाएको छ । रेडियो फ्री एसियाका अनुसार सन् २०१८ को विश्व जनसंख्या विवरणमा अहिलेकै स्थितिमा जनसंख्या वृद्धि भए उत्तर कोरियाको जनसंख्या सन् २०३० मा २ करोड ६७ लाख पुग्नेछ । सन् २०३०....
पुरा पढ्नुहोस »

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

काठमाडौँ, ७ भदौ / के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको....
पुरा पढ्नुहोस »

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ, ७ भदौ / गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव....
पुरा पढ्नुहोस »

आश्रममा वृद्धवृद्धा दङ्ग

काठमाडौँ, ७ भदौ / पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो । काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको बाल्यकाल र युवावस्था दुःखैदुःखमा बित्यो । दश वर्षका उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा....
पुरा पढ्नुहोस »

आत्महत्याका घटना न्यूनीकरणमा चासो र चिन्ता

तुलसीपुर, दाङ, ७ भदौ / दाङमा पछिल्लो समय अन्य अपराधको तुलनामा आत्महत्याका घटनामा वृद्धि भएपछि यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबैको चासो र चिन्ता बढेको छ । पछिल्लो चार वर्षको अवधिमा जिल्लामा ६२० को अकालमा मृत्यु भएको तथ्याङ्क दाङ प्रहरीले सार्वजनिक गरेको छ । दाङका प्रहरीले उपलब्ध गराएको....
पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ, ७ भदौ / प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण....
पुरा पढ्नुहोस »

भूकम्पपीडित अझै टहरामा

चौतारा, ७ भदौ / भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् । जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर्माण....
पुरा पढ्नुहोस »

चिनियाँ चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ, ७ भदौ / नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे....
पुरा पढ्नुहोस »

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ, ७ भदौ / सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन....
पुरा पढ्नुहोस »

दैनिक रु ३३ मात्र हात पर्छ विद्यालय कर्मचारीलाई

सुर्खेत, ७ भदौ / विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । विसं २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका छैनन् भन्दा फरक पर्दैन । राज्यबाट विभेदमा पारिएको उनीहरु ठान्छन् । आफ्नो हकअधिकारका लागि उनीहरुले लगातार दवाव....
पुरा पढ्नुहोस »