Day: ९ भाद्र २०७५, शनिबार १४:४५

कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै प्रहरी उपरीक्षक विष्ट निलम्बनमा

काठमाडौँ, ९ भदौ/ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका....
पुरा पढ्नुहोस »

अनेसास अध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा घिमिरे र उपाध्यक्षमा ढकाल विजयी

अमेरिका, २५ अगस्ट/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को हिजो सम्पन्न चुनावबाट अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित भएका छन् । विजयी लेकालीले ५७० मत ल्याएका थिए भने उनका प्रत्यासी गोवर्द्धन पुजाले ३५९ मत प्राप्त गरेका थिए । उपाध्यक्ष अमेरिकामा शान्तिराम ढकाल ५६८ मत प्राप्त गरी विजयी भएका....
पुरा पढ्नुहोस »

जनहितमा काम भएन – नेता सिंह

काठमाडौँ, ९ भदौ / नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले दुई तिहाइ बहुमतको अनुभूति दिलाउने गरी जनहितमा सरकारले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । जैशीदेवल युथ क्लबको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले ऐन तथा कानून निर्माणजस्ता काम छिटो सकेर जनताको....
पुरा पढ्नुहोस »

कञ्चनपुर घटनाका दोषीलाई कारवाही हुन्छ–प्रधानमन्त्री

काठमाडौ, ९ भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र....
पुरा पढ्नुहोस »

मनितालाई मिस टुरिज्मको उपाधि

काठमाडौँ, ९ भदौ/ मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन् । आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअपको उपाधि....
पुरा पढ्नुहोस »

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

काठमाडौँ, ९ भदौ/ इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् । म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक सहभागी म्याराथनमा नेपालका दुईसहित....
पुरा पढ्नुहोस »

प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने

काठमाडौँ, ९ भदौँ / प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर श्रीमान््÷श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा....
पुरा पढ्नुहोस »

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, ९ भदौ/ धितोपत्र बजारमा यस साता रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल ४४ लाख २१ हजार ९५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८४ प्रतिशत कम हो । गत साता १८५ कम्पनीको ४५ लाख दुई हजार चार सय ५० कित्ता शेयर....
पुरा पढ्नुहोस »

पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध

नुवाकोट, ९ भदौ/ पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी....
पुरा पढ्नुहोस »

राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

भद्रपुर, ९ भदौ/ पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि....
पुरा पढ्नुहोस »