Day: १० भाद्र २०७५, आईतवार २१:२३

जनै र डोरा लगाउन अमेरिकाका मन्दिरमा नेपालीको भिड

सानफ्रानसिस्को २६ अगष्ट अमेरिकामा रहेका हिन्दु मठमन्दिर, शिवालय , नदी किनार र समुन्द्र तटमा पुगेर नेपालीहरूले विधि पूर्वक जनै धारण र रक्षा बन्धन गरिरहेका छन् । सानफ्रानसिस्को वे एरियामा रहेका नेपालीहरू आइतबार बिहान देखी सन्नीभेल स्थित सेरापार्कमा आयोजित रक्षा बन्धन र जनै धारण कारर्यक्रममा सहभागी....
पुरा पढ्नुहोस »

नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण

हरारे, १० भदौ / जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गर्नु भएको छ । लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएर उहाँले पूर्ण अधिकार सहितको राष्ट्रपति बन्नु भएको हो । “म इमर्सन डाम्बुड्जो नानगाग्वाले जिम्बाबेका लागि....
पुरा पढ्नुहोस »

विद्युतीय सवारी प्रयोग गर्दै ऊर्जामन्त्री

काठमाडौँ, १० भदौ (रासस) ः सरकारले क्रमिक रुपमा सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने भएको छ । शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको हो । सोही नीतिलाई अवलम्बन गर्दै ऊर्जा, जलस्रोत तथा....
पुरा पढ्नुहोस »

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १० भदौ / निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ ।....
पुरा पढ्नुहोस »

फौजदारी र देवानी संहिताका कमजोरी हटाइनुपर्छ : डा भट्टराई

काठमाडौँ, १० भदौ / प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर उहाँले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम बहस हुनुपर्नेमा....
पुरा पढ्नुहोस »

विश्व कीर्तिमानको तयारी पूरा

काठमाडौँ, १० भदौ / सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू....
पुरा पढ्नुहोस »

वार्षिक पौने छ अर्बको काठ आयात

काठमाडौँ, १० भदौ / वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४÷७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल....
पुरा पढ्नुहोस »

साउदीअरबमा अलपत्र नेपालीलाई काम र दाम दिने सहमति

खोटाङ, १० भदौ / वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको....
पुरा पढ्नुहोस »

बागलुङका सबै स्थानीय तहमा बैङ्क

बागलुङ, १० भदौ / स्थानीय तहमा बैङ्क पु-याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा....
पुरा पढ्नुहोस »

तामाङ समुदायको अमेरिकामा पिकनिक

सानफ्रानसिस्को/ २५ अगष्ट तामाङ कोओपरेशन सोसाइटी क्यालिफोर्नियाले आज बक्र्लि मरिनामा समर पिकनिकको आयोजना ग¥यो । नेपाली स्वादको सेल रोटी, अचार, पकुवा मासु, बारवेक्यू पिकनिकको मुख्य आकर्षण थियो । तामाङ कोओपरेशन समाजका संस्थापक अध्यक्ष रत्तु लामा, पूर्व अध्यक्ष प्रकाश लामा, नर्थ अमेरिका तामाङ....
पुरा पढ्नुहोस »