मुख्य समाचार

पहिरोले बगाएर घर पुरियो, १० परिवार विस्थापित

जाजरकोट, १५ भदौ / जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् । कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भँैसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य....
पुरा पढ्नुहोस »

राष्ट्रपति सिरिसेना आनन्दकुटी जानुहुने

काठमाडौँ, १५ भदौ / श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जानुहुने भएको छ । उहाँ विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जानुहुने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय....
पुरा पढ्नुहोस »

म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा

ललितपुर, १३ भदौ / म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गर्नुभएको छ । बिहान ११ बजे पुग्नुभएका उहाँ झण्डै एक घण्टा पाटन क्षेत्रमा रहनुुभएको थियो । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र....
पुरा पढ्नुहोस »

सबै स्थानीय तह पहिरोको जोखिममा

नुवाकोट, १५ भदौ ९ / जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा....
पुरा पढ्नुहोस »

नेता नेपाल अमेरिकातर्फ

काठमाडौँ, १५ भदौ / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र....
पुरा पढ्नुहोस »

लामो वक्तव्य दिएर विश्व कीर्तिमान

काठमाडौँ, १५ भदौ / नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएकोे हो । केसीले भारत केरेलाका....
पुरा पढ्नुहोस »

बिम्स्टेकको रिट्रिट

काठमाडौँ, १५ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी....
पुरा पढ्नुहोस »

बिम्स्टेक सम्मेलन : पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

काठमाडौँ, १५ भदौ / नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा....
पुरा पढ्नुहोस »